ठूला दलले मानेनन् आचारसंहिता : बिजुक्छे

  •  
  •  
  •  
  •  
  •  

भक्तपुर, ६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलले निर्वाचन आचारसंहिता पालना नगरेको आरोप लगाउएका छन् । आज भक्तपुरको सूर्यविनायकमा रफत क्लबको अन्तक्र्रियामा उहाँले निर्वाचन आयोगले आचारसंहिता जारी गरे पनि ठूला दलले अवज्ञा गरेको बताए ।

अध्यक्ष बिजुक्छेले सरकारमा सहभागी दलले नै धेरै आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै आचारसंहिता पालना गर्न आयोगले कडाइ गर्नुपर्ने आवश्यकता आँैल्याए ।

सरकारमा सहभागी दल राप्रपाले निर्वाचन आयोगको काम प्रभावित हुनेगरी अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले उपप्रधानमन्त्रीजस्तो व्यक्तिले दिएको यसप्रकारका अभिव्यक्तिलाई तत्काल सच्याउनुपर्छ भने ।

अध्यक्ष बिजुक्छेले निर्धारित मितिमै निर्वाचन सम्पन्न गरेर अनि मात्र संविधान संशोधनतर्फ लाग्नुपर्ने बताउँदै अवरोध पुग्ने ठाउँमा पछि गर्नेगरी अन्य क्षेत्रमा तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने विचार व्यक्त गरे । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *