आर्सनललाई पछि पार्दै म्यानचेस्टर युुनाइटेड पाँचौ स्थानमा उक्लियो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ चैत । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतइतबार  भएको खेलमा म्यानचेष्टर युनाइटेडले मिडिल्सब्रोलाई ३–१ ले हराएको छ । मिडिल्सब्रोलाई हराउँदै म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

म्यानचेष्टर युनाइटेडलाई जिताउन मारोउने फेलानी, जेस लिंगार्ड र एन्टोनी भ्यालेन्सियाले गोल गरे । मिडिल्सब्रोका लागि रुडी जेस्टेडले सान्त्वना गोल फर्काए ।

खेलमा ६४ प्रतिशत बल नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा मिडिल्सब्रो पराजित भयो । लिगमा खराव प्रदर्शन गर्दै आएको मिडिल्सब्रोले प्रशिक्षक ऐइटर करान्कालाई बर्खास्त गरेको थियो ।

अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको युनाइटेडको २७ खेलबाट ५२ अंक छ । २८ खेलबाट ६९ रन बनाएको चेल्सी शीर्ष स्थानमा छ भने २७ खेलबाट ५० अंक बटुलेको आर्सनल म्यानचेष्टर युनाइटेडभन्दा मुनि छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *