म्यानचेस्टर सिटी र लिभरपुल बराबरीमा रोकिए

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । म्यानचेस्टर सिटी र लिभरपुल बराबरीमा रोकिएका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले भने १–१ को बराबरी खेलेका हुन् ।

सिटीको मैदानमा भएको खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी मार्फत लिभरपुलका लागि गोल गरे ।

६९ औं मिनेटमा सर्जियो अग्युरोले म्यानचेस्टर सिटीका लागि बराबरी गोल फर्काए । बराबरीपछि म्यानचेस्टर सिटीले दोस्रो स्थानको टोटनह्यामसँग अंक बराबरी गर्ने मौका गुमायो ।

यस्तै लिभरपुलले सिटीलाई पछि पार्ने अवसर खेर फाल्यो । तेस्रो स्थानको सिटीको २८ खेलबाट ५७ अंक भएको छ । एक खेल बढी खेलेको लिभरपुल ५६ अंकसहित चौथो स्थानमा छ ।

आइतबार राति भएको अर्को खेलमा टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा टोटनह्यामले साउथह्यामप्टनलाई २–१ ले हराएर शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी १० कायम गरेका हो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *