चलचित्र ‘रातो सूर्य’ आउनु अघि केपी ओली अभिनित म्यूजिक भिडियो बाहिरियो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब नेता मात्रै रहेनन् । उनी अभिनेता समेत बनेका छन् । उनले अभिनय गरेको चलचित्र ‘रातो सूर्य’ रिलिज हुनु  अघि उनी एक म्यूजिक भिडियोमा देखिएका छन् । तिलक बस्नेत र मनिशा राईको स्वरमा रहेको राष्ट्रिय भावको गीतको म्युजिक भिडियोमाओलीले अभिनय गरेका छन् ।

उक्त भिडियोमा पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महत, पूर्व मन्त्री तथा एमाले नेता लालबाबु पण्डित, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, पत्रकार ऋषि धमला लगायतले समेत अभिनय गरेका छन् । गीतमा शब्द तथा संगीत तिलक बस्नेतको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *