स्थानीय तह निर्वाचन, देशभर ३६ हजार बढी निर्वाचित हुँदै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । स्थानीय तह निर्वाचनमा देशभरबाट ३६ हजार बढी जनप्रतिनिधी निर्वाचित हुने भएका छन् देशभरका ७ सय ४४ स्थानीय तहबाट ३६ हजार ६ सय ३९ जनप्रतिनिधी निर्वाचित हुने भएका हुन् ।

बैशाख ३१ गते हुने स्थानीय निर्वाचन बाट चार महानगरपालिका, १३ उपमहानरगपालिका र २ सय ४६ नगरपालिकाका २ सय ६३ प्रमुख र उपप्रमुख गरी ७ सय ३६ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

तस्विर : राजेन्द्र मानन्धर

यस्तै ४ सय ८१ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष गरी ९ सय ६२ जना निर्वाचित हुने आयोगले जनाएको छ । स्थानीय तहमा रहेका ६ हजार ६ सय ८० वडाबाट त्यति नै संख्यामा वडाअध्यक्ष र प्रत्येक वडाबाट ४ जनाका दरले २६ हजार ७ सय २० वडा सदस्य निर्वाचित हुनेछन् ।

तीमध्ये संवैधानिक व्यवस्थाअनुसार १३ हजार ३ सय ६० जना महिला निर्वाचित हुनेछन् । यस्तै, ६ हजार ६ सय ८० जना दलित महिला निर्वाचित हुनेछन् भने दलित तथा अल्पसंख्यकबाट १ हजार ७ सय ५१ जना प्रतिनिधि चयन हुनेछन् ।

आयोगले देशभरका १ करोड ४० लाख मतदाताका लागि १ करोड ६० लाख प्रति मतपत्र छाप्न सुरु गरेको छ । जसमा काठमाडौंका लागि ४७ दलको निर्वाचन चिह्न समावेश हुन्छन् भने मनाङमा सबैभन्दा कम ६ वटा दलको चिह्न समावेश छन् । आवश्यक ८४ हजार मतपेटिकामध्ये अपुग ३० हजार खरिद प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *