सविन राईको स्वरमा लप्पन छप्पनको नयाँ गीत सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लप्पन छप्पन’को नयाँ गीत सार्वजनिक भएको छ । पपस्टार सविन राईको स्वरमा रहेको ‘रन अन गन’ बोलको गीत आइतबार साँझ युटुयुब मार्फत सार्वजनिक गरिएको हो । गीतमा दीपक आरेको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन ‘द इलेक्ट्रा’ ब्याण्डले गरेको छ ।

सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंग शाह, सिड खरेल लगायतका कलाकारको अभिनय रहेको चलचित्र लप्पन छप्पनलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । डम्बर चन्दको निर्माण रहेको लप्पन छप्पनको टे«लर र गीतले चर्चा पाइरहेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *