आईजीपी मुद्दाको आज टुंगो लाग्दै, देउवाले गरे कानुन व्यवसायीसँग परामर्श

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ती विवाद सम्बन्धि मुद्दाको सोमबार टुंगो लाग्ने सम्भावना छ । गएको फागुन १ गते डीआइजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय विरुद्ध अधिवक्ता कपिलदेव ढकाल र आईजीपीका दावेदार मानिएका डीआईजी प्रकाश सिलवालले छुट्टछुट्टै सर्वाेच्च अदालतमा रिटा दायर गरेका थिए ।

तत् पश्चात सर्वाेच्च अदालतले चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू र नगरानू भन्दै अन्तरिम आदेश जारी गरेर दुवै पक्षका अधिवक्ताहरुलाई बहस गराएको थियो ।

आइतबार रिट निवेदकका तर्फबाट शम्भु थापा, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याल, बद्रीबहादुर कार्कीलगायत १५ जना अधिवक्ताहरुले बहस गरेका थिए । यता अन्तरिम आदेश जारी गर्ने न्यायाधीश समेतको इजलासमा पेसी तोकिएको भन्दै महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठसहितका सरकार पक्षका अधिवक्तावकिलले इजलाश बहिस्कार गरेका थिए ।

आइतबार अन्तरिम आदेश जारी गरेका प्रधानन्यायाधीश सुशीला कार्की, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडा तथा अन्य दुई न्यायाधीश आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हाको बेन्चमा पेशी तोकिएको थियो ।

आइतबार हुने भनिएको सो मुद्दाको सोमबार टुंगो लाग्ने र आइतबारसम्म भएको बहस लगायतका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुन व्यवसायीसँग परामर्श गरेका छन् ।

बुढानिलकण्ठस्थित आफ्नै निवासमा नेपाल बार एसोसियसन तथा डेमोक्रेटिक लयर्स एसोसियसनका पदाधिकारीसँग छलफल गरेका देउवा चन्दको बढुवाका सम्बन्धमा परेको रिट प्रति चासो राखेका छन् । सभापति देउवाले सो मुद्दाको विषयमा भइरहेका बहस र सम्भावित निर्णयप्रति कानुन व्यवसायीहरुसँग छलफल गरेका हुन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *