यस्तो देखियो ‘ए मेरो हजुर २’ मा साम्राज्ञी र सलिनमानका केमेस्ट्रि

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । अभिनेत्री झरना थापाको पहिलो निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’को केहि तस्विर सहित एक मिनेट लामो भिडियो सार्वजनिक भएको छ । चलचित्रको नाम सहितको तिलिचोको केहि दृश्यहरु उक्त भिडियोमा समावेश रहेको छ । भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक सलिन मान बाँनियाको केमेस्ट्रिलाई प्रेममय रुपमा झल्काएको छ ।

सुहाना ईन्टरटेन्मन्टको ब्यानरमा निर्माण भएको ‘ए मेरो हजुर २’ बाट सलिन डेव्यु गर्दैछन् भने ‘ड्रिम्स नायिका साम्राज्ञीको यो दोस्रो चलचित्र हो । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सञ्जय लामाले चलचित्रलाई खिचेका छन् भने बसन्त सापकोटा र कल्याण सिंहको संगीत रहेको छ । प्रदर्शन मिति नतोकिएको ‘ए मेरो हजुर २’ आगामी वर्ष प्रदर्शनमा आउन सक्ने बताइएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *