चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

  •  
  •  
  •  
  •  
  •  

मेलम्ची, ७ चैत । चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले आज दुई युवालाई पक्राउ गरेको छ । चोरीको बा ५२ प ९४२७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ ।

उक्त चोरीको मोटरसाइकल भक्तपुर सूर्यविनायक नगरपालिका–६ का राजेश सुवालको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, चौतारा पठाइएको छ । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *