नेपालको राजपरिवारसँग यूपीका मुख्यमन्त्री याेगी अादित्यनाथको यस्तो कनेक्शन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । केही दिन अघि मात्रै भारतको सबै भन्दा ठूलो राज्य उत्तर प्रदेशका मुख्य मन्त्रीमा योगी आदित्यनाथ नियुक्त भए । भारतीय जनता पार्टीका तर्फबाट उनी नेपालसँग सिमा जोडिएको उत्तर प्रदेशको मुख्य मन्त्री नियुक्त भएपछि भारतका साथै नेपालमा पनि उनको चर्चा र विभिन्न खालका टिक्का टिप्पणी भइरहेका छन् । यसै क्रममा भारतको एक पत्रिकाले अदित्यनाथको नेपालको राजपरिवारसँग विषेश सम्बन्ध रहेको खुलसा भएको छ ।

भारतिय पत्रिका दि इकोनोमिक टाइम्सले आदित्यनाथको राजपरिवारसँग विषेश सम्बन्ध रहेको दावी गर्दै उनी उत्तर प्रदेशको मुख्य मन्त्री नियुक्त भएपछि नेपालका हिन्दु समुदाय र राजपरिवार खुसी भएको जनाएको छ ।

सो पत्रिकाले पूर्वराजा ज्ञानेन्द्र शाहले गत कार्तिकमा आयोजना गरेको ‘विराट हिन्दु सम्मेलन’मा आदित्यनाथलाई नित्याएको लेखेको छ । उसले आदित्यनाथको नेपाल भारत सिमामा रहेको एक मन्दिरसँग पुरानो सम्बन्ध रहेको बताउँदै उनलाई सम्मेलनमा निम्ताइएको दावी गरेको छ ।

इकोनोमिक टाइम्सले सम्मेलन पूर्वराजा ज्ञानेन्द्र शाहले आयोजना गरेको दावी गरेपनि हिन्दू युवा बाहिनी नेपाल नामक संस्थाले आयोजना गरेको थियो । उक्त संस्थाका संयोजक थिए ज्ञानेन्द्र राज भट्ट ।

आदित्यनाथले २०७२ असोज ३ गते जारी भएको संविधानले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको सुनिश्चित गरेपछि उनले आपत्ति जनाउँदै निर्णय फिर्ता गराउन दवाव दिन भन्दै दिल्ली स्थित पावर सेन्टर धाएका थिए ।

नेपालका लागि एक पूर्व भारतिय राजदुतले आदित्यनाथ मुख्य मन्त्री भएपछि उनको हिन्दुवादी अडान फेरिन्छ वा फेरिदैन त्यो भने हेर्न बाँकी रहेको बताए । नेपालको राजपरिवारसँगको सम्बन्ध र हिन्दुवादी अडानको असर नेपालमा पनि पर्ने तर उनको अबको अडान के हुन्छ भन्नेमा फरक पर्ने उनको भनाइ छ ।

आदित्यनाथ राजपरिवारसँग मिलेर नेपालमा हिन्दु राष्ट्र फर्काउन संघर्ष गर्नु पर्ने बताउँदै आएका छन् । उनको तत्कालिन राजा विरेन्द्रसँग घनिष्ट सम्बन्ध रहेको सो पत्रिकाले जनाएको छ ।

‘२००१ मा परिवार सहित मारिएका राज विरेन्द्रसँग उनका नजिकको सम्बन्ध थियो,’ इकोनोमिक टाइम्सको अनलाइन संस्करणले लेखेको छ, ‘विरेन्द्र राजा हुँदा दरबारले माघे सक्रान्तिको अवसरमा आयोजना गर्ने भोजमा उनी सहभागि हुने गरेका थिए ।’

सो पत्रिकाले सन् १९९२ मा राजा विरेन्द्र आदित्यनाथ र उनका गुरुलाई भेट्न आफै गोरखपुर आएको दाबी गरेको छ । इकोनोमिक टाइम्सले लेखेको छ, ‘सन् १९९० मा नेपाललाई हिन्दु राष्ट्रकोरुपमा निरन्तरता दिने हो भने संविधानमा गाई काट्न नपाईने गरी संशोधन गराउन राजा बिरेन्द्रलाई सल्लाह समेत दिएका थिए ।’

राजपरिवारकालाई सल्लाह दिदै आएका आदित्यनाथ राजपरिवारको हत्या दिपेन्द्रले गरेका थिए भन्नेमा अहिले पनि उनको विश्ववास छैन ।

२०१५ मा गएको भुकम्पमा उनको संस्था उद्दार कार्यमा संलग्न रहेको बताइएको छ । उनले नेपालका केही मन्दिर पुननिर्माणमा सहयोग समेत गरेको सो पत्रिकाको दावी छ । गोरखपुरबाट पाँच पटक सांसद बनेका उनले सिमा क्षेत्रको पुननिर्माणमा आँखा लगाएको बताइएको छ ।

नेपाल हिन्दु राष्ट्र हुनुपर्ने बताउँदै आएका आदित्यनाथले केही समय अघि ‘हिन्दु राष्ट्र नेपाल अतित और वर्तमान’ शिर्षकको किताब समेत लेखेका थिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *