प्राविधिक शिक्षामा १० अर्ब बाहिरिएकोमा बाबुरामको चिन्ता

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । एकसातादेखि भारत भ्रमणमा रहेको नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्राविधिक शिक्षामा १० अर्ब रुपैयाँ बाहिरिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

भारतको बैंगलोरमा मात्रै प्राविधिक विषयमा २० हजार नेपाली विद्यार्थीहरु रहेको बताउँदै उनले करिब पाँच लाखका दरले १० अर्ब रुपैयाँ खर्च हुँदा नेपालबाट रकम बाहिरिएको बताएका हुन् । यसरी रकम बाहिरिने अवस्थालाई लिएर डा. भट्टराईले मुलुकको शिक्षा र विकास नीतिप्रति प्रश्न उब्जाएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै डा. बाबुरामले लेखेका छन्– ‘बैंगलोरमा मात्र प्राविधिक विषयका झण्डै २० हजार नेपाली विद्यार्थी रहेछन् ! सरदर ५ लाखका दरले रू १० अर्ब खर्च गर्छन् ! हाम्रो शिक्षा र विकास नीति कता?’

उक्त ट्वीट गरेसँगै बाबुरामको ट्वीटरमा ब्यापक आलोचना भएको छ । १० वर्ष चलेको माओवादी युद्धका नेतृत्वकर्ता समेत रहेका उनलाई सो युद्धमा बुर्जुवा भन्दै किताव च्यातेको, शिक्षकको हत्या गरेका लगायतका प्रसङ्ग कोट्याएर आलोचना भएको हो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *