निर्वाचन आयोग घेराउ गर्न जाँदा पशुपतिशमशेर राणामाथि लाठीचार्ज, दर्जनौं अश्रुग्यास प्रहार

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत ।संविधानमा उल्लेख गरिएको हिन्दु धर्म र राजतन्त्र वाक्यांश हटाउने निर्वाचन आयोगको निर्णयको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज मुलुकभर विरोध प्रदर्शन गरिरहेको छ ।

यसैक्रममा काठमाडौंको शान्ति बाटिकाबाट अध्यक्ष कमल कमल थापाको नेतृत्वमा निर्वाचन आयोग तर्फ अघि बढेको राप्रपाको जुलुशमाथि जमल पुगेपछि प्रहरीले लाठी चार्ज अश्रुग्याँस प्रहार गरेको छ । सोहीक्रममा राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणासहित दर्जनौं घाइते भएका छन् ।

राप्रपाका नेता तथा कार्यकर्ताहरुले प्रहरीको सुरक्षा घेर तोडेर अघि बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । संविधानको मर्मविपरीत हिन्दुराष्ट्र र राजतन्त्रको वाक्यांश विधानमा उल्लेख गरिएको भन्दै निर्वाचन आयोगले ती वाक्यांश हटाएको थियो ।

आफ्ना राजनीतिक एजेन्डालाई विधानबाट हटाएको भन्दै निर्णय फिर्ता लिन दबाबस्वरूप राप्रपाले सडक संघर्ष सुरु गरेको हो । राप्रपाले आज निर्वाचन आयोगको केन्द्रीय कार्यालयसहित मुलुकभरका ७५ वटै जिल्ला निर्वाचन कार्यालयमा एक घन्टा धर्ना दिँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि छ ।

त्यस्तै, राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा काठमाडौंको कान्तिपथमा रहेको निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गरिने भएको छ । त्यसअघि उपत्यकाका तीन जिल्लाका नेता कार्यकर्ताले ज्ञापनपत्र बुझाउने छन् । आयोगले अफ्नो निर्णय फिर्ता नलिए चैतको तेस्रो साताबाट थप कार्यक्रम गर्ने राप्रपाले बताएको छ । राप्रपाले हिन्दुराष्ट्र माग गर्दै आइतबार संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *