चलचित्र ‘म यस्तो गीत गाउँछु’को छायाँकनका पाँच तस्बिर

  •  
  •  
  •  
  •  
  •  

 काठमाडौं, ७ चैत । पोखरामा छायाँकन भइरहेको ‘म यस्तो गीत गाउँछु’ चलचित्रको केही तस्बिर सार्वजनिक भएको छ । चलचित्रको गीत ‘किन आजकाल तिम्रो मन मैलो भो’ बोलको उक्त गीत खिचिरहेको केहि तस्बिरहरु सार्वजनिक भएको हो । सय भन्दा बढी कोरसहरु रहेको उक्त गीत दासढुंगा अगाडि खिचिएको हो ।

कविराज गहतराजको कोरियोग्राफर रहेको उक्त गीतमा पल शाह र पूजा शर्मालाई देख्न सकिन्छ । पल र पूजा यो चलचित्रका मुख्य कलाकार हुन् । साथमा चलचित्रमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरीलगायतका कलाकारको मुख्य भूमिका छ । सुदर्शन थापाको निर्देशन रहेको चलचित्रको सुटिङ भएको २५ दिन भइसक्यो भने ६० प्रतिशत काम सकिसकेको बताइएको छ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *