प्रदर्शन मितिमा होडबाजी, भदौमा धैरै चलचित्र रिलिज हुने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । पछिल्लो समय चलचित्र प्रदर्शन मितिलाई लिएर होडबाजी चल्न थालेको छ । अब आउने २०७४ मा चलचित्रहरु एक पछि अर्को प्रदर्शन हुँदैछ । वैशाख १ गते मात्र तीन चलचित्र एक साथ प्रदर्शन हुँदैछन् । यस्तै भदौमा भने चलचित्रको भेल नै बग्ने छ भन्दा फरक नपर्ला । ग्याङस्टार ब्लुज, कृ र दुई रुपैया क्रमशः भदौ २, ८ र २३ गते प्रदर्शन हुँदैछन् । छक्का पन्जा २ पनि भदौ १६ गते प्रदर्शन गर्ने भनिएको थियो तर धेरै चलचित्र एकै महिना जुध्नाले छक्का पन्जा २ लाई असोज ११ गते सारियो ।

भदौ २३ प्रदर्शन हुने भनिएर चर्चा गरिएको चलचित्र ‘फाटेको जुत्ता’ले पनि आफ्नो प्रदर्शन मिति सार्दै कात्तिक १७ मा पुर्याएको छ । एकै महिनामा थुप्रै चलचित्र प्रदर्शनमा आउँदा, चलचित्रलाई नै घाटा हुने भन्दै फाटेको जुत्ताको प्रदर्शन मिति सारिएको निर्माता अर्जुन कुमारले बताए । प्रियंका कार्की र सौगात मल्ल मुख्य भूमिकामा रहेको सो चलचित्र निकेश खड्काले निर्देशन गर्ने छन् । चलचित्रको छायाँकन भने वैशाखबाट सुरु हुन सक्ने निर्माण पक्षले बताएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *