‘प्रचण्ड सरकारले राष्ट्रको ढुकुटीमा ब्रह्मलुट मच्चाउन खोज्यो’

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट मच्चाउन खोजेको संसदीय समितिका सभापति रविन्द्र अधिकारीले आरोप लगाएका छन् ।

व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकमा विशेष समय लिएर संसदीय समिति विकास समितिका सभापति अधिकारीले विभिन्न मन्त्रालयबाट ९९ अर्ब रुपैयाँ रकमान्तर गरेर प्रचण्ड सरकारले राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट मच्चाउन खोजेको आरोप लगाएका हुन् ।

नेकपा एमालेका नेता समेत रहेका उनले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयबाट ४० अर्ब, सिंचाइ मन्त्रालयबाट ७ अर्ब, शहरी र शिक्षा मन्त्रालयबाट ५ अर्ब रकमान्तर भएको तथ्यांक समेत पेश गरेका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *