काठमाडौं आइपुगेकी तसलिमा नसरीन उच्च सुरक्षाको घेरामा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । चर्चित उन्यास ‘लज्जा’की लेखिका तसलिमा नसरीन काठमाडौंमा उच्च सुरक्षा घेरमा रहेकी छिन् ।

लज्जा लगायतका कृति लखेपछि बंगलादेशबाट निर्वासित जीवन बिताएकी उनी साउथ एसिअन उमन डेभलपमेन्ट फोरमको निमन्त्रणमा आइतबार काठमाडौं आइपुगेकी हुन् ।

लज्जा प्रकाशित भएपछि ज्यान मार्ने धम्की आएपछि निर्वासित जीवन बिताएकी उनलाई काठमाडौंमा उच्च सुरक्षा प्रदान गरिएको हो । काठमाडौंको अन्नपूर्ण होटलमा बसेकी उनलाई प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा दिइएकोे छ ।

सन् १९६२ अगष्ट २२ मा बंगलादेशमा जन्मिएकी नसरीनले सन् १९९५ देखि निर्वासित जीवन बिताइरहेकी छिन्। बंगलादेश सरकारले देश निकाला गरेपछि भारत हुँदै स्वीडेनमा बसेकी उनले हाल स्वीडिस राष्ट्रियता ग्रहण गरेकी छिन्। बंगलादेश सरकारले उनको पासपोर्ट जफत गरेको थियो ।

४० वटा पुस्तक लेखेकी उनका नारीवादी उपन्यासले इस्लाम र कुरानको निन्दा गरेको भन्दै मुस्लिम समुदायबाट पनि ब्यापक विरोध भएको थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *