राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने आयोगको कदम गलत– कांग्रेस नेता महत

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजतन्त्र भन्ने वाक्यांश हटाउने निर्वाचन आयोगको कदम गलत भएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लव नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजतन्त्र भन्ने वाक्यांश हटाएर आयोगले समस्या सिर्जना गरेको आरोप पनि लगाए ।

राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा सम्झौता हुन नसक्ने भन्दै उनले जनताले चाहे भने राजतन्त्र फिर्ता हुने समेत बताए । उनले राजतन्त्र महँगो भयो भनेर गणतन्त्र ल्याउने अनि सरकार गलत काममा लाग्न थाल्यो भने गणतन्त्र पनि राजतन्त्रभन्दा बढि महँगो साबित हुने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पकालिन सोचबाट ग्रसित बनेको आरोप लगाएका महतले संविधान संशोधन प्रस्तावलाई टुँगो लगाएर मात्रै निर्वाचनमा जानुपर्ने बताए । मधेशी मोर्चाले संसदबाट आउने नतिजालाई स्वीकार्नु पर्ने उनको भनाइ छ । उनले मधेशी मोर्चालाई बाईपास गरेर चुनावमा जान नहुने धारणा पनि राखे।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले वर्तमान सरकारले निर्वाचन गराउन नसके सरकारमा बस्नुको औचित्य नहुने बताए । उनले सरकारले चुनाव गराउन नसके एमालेले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने समेत दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *