भुटानी शरणार्थीका समस्या दीर्घकालिन रुपमा समाधान गर्ने विषयमा छलफल

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,  ७ चैत । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्च आयोगको कार्यालयका नेपाल प्रतिनिधि केभिन जे आलेनबीच भुटानी शरणार्थीका विषयमा छलफल भएको छ ।

गृहमन्त्रालयमा सोमबार दिउँसो भएको भेटवार्तामा उनीहरुबीच भुटानी शरणार्थी समस्याको दीर्घकालीन रुपमा हल गर्ने विषयमा छलफल भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

पूर्वी नेपालका शरणार्थी शिविरमा बसेका शरणार्थीले पाउँदै आएको राहत पछिल्लो समय कटौती भएको र राहत आपूर्ति गराउनेबारे गृहमन्त्री निधि र यूएनएचसीआरका नेपाल प्रतिनिधि आलेनबीच कुराकानी भएको बताइएको छ ।

भुटानी शरणार्थीको अमेरिकामा पुनर्वासको व्यवस्था हुँदै आएकोमा अमेरिका जाने तयारीमा रहेका शरणार्थीहरु पछिल्लो समय अमेरिकी राष्ट्रपतिको निर्वाचनपछि त्यहाँको सरकारको नीतिका कारण रोकिएको बिषयमा पनि छलफल भएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *