अपहरण तथा शरीर बन्धक गर्ने फरार व्यक्ति पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । अपहरण तथा शरीर बन्धक गरेको दोषि प्रमाणित भएका काठमाडौं नैकापका ३४ वर्षीय भाष्कर पनेरु पक्राउ परेका छन् ।

अहरण तथा शरीर बन्धक सम्बन्धि मुद्दामा रुपन्देही जिल्ला अदालतले २०६९ साल भदौ १३ गते २ बर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसाला सुनाएपनि फरार रहेका उनलाई सोमबार नैकापबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको प्रहरीले जानकारी दियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *