आईजीपी नियुक्ती विवाद मुद्दाको सर्वाेच्च अदालतले भोलि फैसला सुनाउने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) नियुक्ति विवादमा परेको मुद्दाको मंगलबार सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ ।

सरकारले डीआइजी जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गर्ने निर्णय विरुद्ध अधिवक्ता कपिलदेव ढकाल र आईजीपीका दाबेदार भनिएका डीआईजी प्रकाश सिलवालले सर्वाेच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा सोमबार बहस सकिएकाले मंगलबार फैसला सुनाउने भएको हो । रिट निवेदन कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालका पक्षका अधिवक्ताहरुले आइतबार र सरकारी अधिवक्ताका तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले सोमबार बहस गरेका छन् । यस्तै चन्द पक्षका अधिवक्ताहरुले सोमबार बहसमा भाग लिएनन् ।

फैसला सोमबार नै सुनाउने तयारी गरिएपनि प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको बार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालय जानु परेका कारण मंगलबारका लागि सारिएको बताइएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *