प्रमुख तीन दलको बैठकपछि एमालेको निर्णय– प्रदेश २ मा पनि सभा गर्ने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । नेकपा एमालेले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत स्थगित गरिएको प्रदेश नं २ का जिल्लामा सभा गर्ने निर्णय गरेको छ ।

गएको फागुन २१ गते झापाबाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत फागुन २३ गते सप्तरीमा गरिएको आमसभामा पाँच जनाको ज्यान जाने गरी भएको घटना भएपछि एमालेले प्रदेश नम्बर दुईका बाँकी कार्यक्रम स्थगित गरेको थियो ।

तर, सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी कार्यक्रम तय गर्ने निर्णय गरेको हो ।

बैठकले सिरहा, धनुषा, रौतहटलगायत मध्यतराईका जिल्लामा संविधान कार्यान्वयन, निर्वाचन राष्ट्रिय एकता र सद्भावको नारासहितको सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि सोमबार प्रमुख तीन दलको बैठक समेत बसेको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन एमालेसँग आग्रह गरेका थिए । जवाफमा एमाले नेताहरुले संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन आग्रह गरे । एमाले निर्वाचनको पक्षमा रहेको भन्दै उनीहरु शान्ति–सुरक्षाको वातावरण बनाउन पनि आग्रह गरे ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *