प्रधानमन्त्री प्रचण्डद्वारा बहुराष्ट्रिय सेनालाई सम्वोधन

  •  
  •  
  •  
  •  
  •  

पाँचखाल (काभ्रेपलाञ्चोक), ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति स्थापना कार्यमा नेपाली सेनाले बहुराष्ट्रिय सेनासँग समदूरीमा रही काम गरेको स्मरण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले उक्त कुरा नेपाल, इन्डोनेसिया, किर्गिज्स्तान, मलेसिया, फिलिपिन्स, बङ्गलादेश, अमेरिकालगायत देशबाट विभिन्न प्रकृतिका शान्ति स्थापनासम्बन्धि तालिममा सहभागी २८ मुलकका बहुराष्ट्रिय सेनालाई सोमबार  पाँचखालमा सम्बोधन गर्दा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शान्ति स्थापना कार्यमा नेपाली सेनाले लेवनान, युगान्डा, इथियोपिया दक्षिण सुडान, इराक, सिरियालगायत ४१ मुलकमा बहुराष्ट्रिय सेनासँग मिलेर काम गरेको इतिहास रहेको बताए । नेपाली सेना सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य भएपछि शान्ति स्थापना कार्यमा सक्रिय रहँदै आएको छ ।

उनले नेपालको शान्ति स्थापनामा संयुक्त राष्ट्र सङ्घले पुर्‍याएको योगदानको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घ विश्वका सबै मुलुकको अभिभावक संस्था रहेको बताए । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनामा नेपाली सेनाले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यसपछि भविष्यमा आइपर्ने विभिन्न प्रकृतिका समस्या समाधानमा संयुक्त राष्ट्र सङ्घको आह्वानलाई स्वीकार्दै अगाडि बढ्ने बताए ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरिएको १५ दिने शान्ति अभ्यास (तेस्रो) चरणको तालिममा भाग लिन २८ देशका एकहजार २४ सैनिकको सहभागिता छ । तालिम यही चैत २१ गतेसम्म चल्नेछ ।

द्वन्द्वग्रस्त मुलुकमा खटिने सैनिकबीच सहकार्यलाई एकतामा सुत्रबद्ध गरी सीप विकासमा सहयोग र आपसी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा यो तालिम पहिलो पटक आयोजना गरिएको हो । यसअघि नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यसबेला चारवटा मुलुकका सेनाले यहाँ भाग लिएका थिए । पाँचखालमा सेनाको बहुराष्ट्रिय तालिम केन्द्र रहेको छ ।

कार्यक्रममा संयुक्त राज्य अमेरिकाका एसिया प्रशान्त क्षेत्र सैन्य कमाण्डर एडमिरल ह्यारीले शान्ति स्थापना कार्यमा नेपाली सेना र अमेरिकी सेनाले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउए ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा छ । त्यसैगरी, नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिज्ले तालिम नेपाल र अमेरिकाको आपसी सहयोगमा सञ्चालन भएको जानकारी दिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *