प्रधानमन्त्रीले लेखा समितिलाई ढाँटे, सभापति आक्रोशित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ८ चैत । गत बिहीबार एनसेल कर प्रकरणमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेकोमा समितिका सभापति डोरप्रसाद उपाध्याय र सचिवले प्रधानमन्त्रीलाई गत शुक्रबार भेटे ।

उनीहरुले प्रधानमन्त्रीलाई भेटेरै हातमा चिठी थमाए । प्रधानमन्त्रीले पनि चैत ८ वा ९ गते लेखा समितिको बैठकमा आउने आश्वासन दिए । तर वास्तविक तिथि तय भएन र सचिवालयसँग सम्पर्क गरेर मिति तय गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

८ गते आउन लागेपछि समितिले प्रधानमन्त्रीको सचिवालयलाई ताकेता गर्न थाल्यो । स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीको सचिवालयले सभापतिको फोन उठाउन छोड्यो । सोमबारसम्म फोन नै उठेन ।

फोन नउठेपछि समिति सभापति उपाध्याय आक्रोशित भएका छन् ।

समाचारपत्र

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *