लोकतान्त्रिक अभ्यास र चुनौतीहरू

  •  
  •  
  •  
  •  
  •  

ईश्वर पोखरेल, महासचिव, नेकपा (एमाले) ले गर्दै आएको लोकतान्त्रिक अभ्यास नेपालको राजनीतिमा चर्चा, आकर्षण र विश्लेषणको विषय बनेको छ । मुलुकका राजनीतिक पार्टीहरूका लागि गंभीर चासो र गंभीरतापूर्वक ध्यान दिनुपर्ने विषय समेत बनेको छ । यसलाई केहीले सकारात्मक रूपमा लिएको देखिन्छ, अध्ययन÷मननको विषय बनाएको देखिन्छ भने केही केहीका लागि संशयको विषय र उनीहरूको आफ्नो संगठनभित्र समेत अपशकूनको स्रोत हुने हो कि भन्ने मनोविज्ञान निर्माण गरिदिएको छ ! स्वयम् एमाल पंक्तिभित्र पनि यसले पृथक कोणबाट प्रतिक्रियाहरू उत्पन्न गराएका छन् । यससित गाँसेर एमालेको राजनीतिक – सांगठनिक भविष्यका बारेमा समेत आँकलनहरू प्रस्तुत हुने गरेका छन् !

जनताको बहुदलीय जनवाद (जबज)बाट निर्देशित नेकपा (एमाले) प्रतिस्पर्धाको राजनीतिमा विश्वास गर्छ । राष्ट्रिय राजनीतिमा मात्र होइन, पार्टी राजनीतिमा पनि प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गर्नुपर्छ भन्ने मान्यता राख्दछ, नेकपा (एमाले) । कम्युनिष्ट पार्टीमा पनि प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गरिनुपर्छ, यसो गरेर लोकतान्त्रिक अभ्यासमार्फत यसले आफूलाई जनआधारित र लोकतान्त्रिक पार्टीमा स्थापित गर्न सक्नुपर्छ भन्ने मान्यता राख्छ, एमालेले !

अब, क्रान्तिकारिता, वामपन्थ र प्रगतिशील परिवर्तनको नाममा अलोकतान्त्रिक वा अधिनायकवादी वा अलोकतान्त्रिक शासन सत्ताको पक्षमा जनता लाग्न सक्तैनन् वा त्यसलाई जनताले साथ दिदैनन् र जनताले साथ नदिने विचार वा पार्टीहरूको भविष्य छैन भन्ने सुविचारित बुझाइ र निष्कर्ष एमालेको हो ! यसका लागि योग्यता र क्षमता प्रदर्शन गरेर श्रेष्ठता हासिल गर्नसक्नुपर्छ, कम्युनिष्ट पार्टी तथा यसका नेताहरूले । र, यस किसिमको श्रेष्ठता जनताबाट आवश्यकताअनुसार पटक–पटक अनुमोदित भइरहनुपर्छ ।

आवधिक रूपमा जनता र कार्यकर्ताबाट अनुमोदित भई प्राप्त गर्ने श्रेष्ठता नै साँचो अर्थको श्रेष्ठता हो । जनअनुमोदन बिनाको वा आम कार्यकर्ताहरू र सदस्यहरूको अनुमोदन बिनाको श्रेष्ठताको पक्षमा एमाले छैन र हुन सक्तैन !

एमालेको लोकतान्त्रिक अभ्यास र निष्कर्षहरू
जबजलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरिरहँदा समाजको लोकतान्त्रिकरण, पार्टी जीवनको लोकतान्त्रिककरण र राज्यको लोकतान्त्रिकरणको विषयलाई अपरिहार्य राजनीतिक आवश्यकताको रूपमा स्वीकार गरी एमालेले यही मान्यताद्वारा निर्देशित हुनचाह्यो । यसक्रममा, पार्टीको सांगठनिक जीवनलाई अगाडि बढाउने प्रयत्नहरू हुँदै आएका पनि छन् । हुनत, धेरै खाले सीमा र समस्याहरू हुँदाहुँदै पनि, तत्कालिन भूमिगत नेकपा (माले)ले प्रतिकूल परिस्थितिमा आयोजना गरेको आफ्नो चौथो राष्ट्रिय महाधिवेशन (२०४६ भदौ) मा समेत विचार, विधान र नेतृत्व चयनमा समेत लोकतान्त्रिक अभ्यास गरेको थियो ।

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि, २०४९ साल माघमा आयोजना गरिएको पाँचौं राष्ट्रिय महाधिवेशनमा यी विषयमा थप उन्नत किसिमले अभ्यासहरूलाई बढाउने प्रयत्न भयो । २०५४ सालको छैटौं अधिवेशनमा लोकतान्त्रिक अभ्यास त गरियो तर व्यवस्थित पूर्व कार्यहरू हुन नसक्दा, विधि र संरचनाहरूलाई उन्नत वनाउन नसक्दा, सांगठनिक एकताले समेत गंभीर क्षति वेहोर्नुप¥यो, विभाजनको दुःखद पीडा सहनुप¥यो । त्यसबेला एमाले मात्रै विभाजित भएको थिएन, एक किसिमले राष्ट्र र जनताको समेत भाग्य फुटेको थियो !

त्यसबेला विभाजनले जे–जे क्षति पु¥याउनु थियो, त्यो त भयो नै, तर तीन वर्ष वित्दा नवित्दै ‘विभाजन औचित्यपूर्ण थिएन’ भन्दै एकता र एकीकरणको ऐतिहासिक घोषणा गरिएको थियो र सातौं राष्ट्रिय महाधिवेशन (२०५९) एकता पछिको महाधिवेश बनाइयो । त्यसवेला पार्टीको प्रमुख पदमा सर्वसम्मति गरियो । त्यसका लागि निकै मिहिनेत गर्नु प¥यो । तर, नेतृत्व टीमका अन्य सदस्यहरूको लागि भने प्रतिस्पर्धाबाटै टुंगो लगाइएको थियो । सातौं महाधिवेशनपछिको पार्टीभित्रको संगठनात्मक अवस्था त्यति स्वस्थ ढंगले अगाडि बढ्न सकेन, अनेक खालका अन्तरविरोध र समस्याका कारण स्वभाविक गतिमा अगाडि बढ्न कठिनाई भइरह्यो ।

आठौं राष्ट्रिय महाधिवेशन (२०६५) नेकपा (एमाले) को राजनीतिक÷सांगठानिक जीवनमा विशेष महत्व राख्ने अवसर थियो । सांगठनिक जीवनको लोकतान्त्रिकरणका लागि नीति, विधि र संरचनाहरू निर्माणमा समेत महत्वपूर्ण फड्को थियो – आठौं राष्ट्रिय महाधिवेशन । तर योग्यता र क्षमताको आधारमा श्रेष्ठता हासिल गर्नुपर्ने जबजको मान्यतासित मेल नखाने हिसावले पार्टी संगठन, खासगरी केन्द्रीय नेतृत्व निर्माणमा प्यानलवाद नराम्ररी देखाप¥यो । यस्तो अभ्यासले सिंगो पार्टीलाई संसदीय अभ्यासको क्रममा देखापर्ने फोहोरी खेलको थलोजस्तो वनाइदियो ।

एकातिर पार्टीको प्रभाव र विस्तार बढ्दो हुनु, तर अर्कोतिर भने गुटवन्दी केन्द्रदेखि (र, त्यसकै प्रभावमा स्थानीय तहमा पनि) क्रमशः फैलदै जानुले अन्तर्विरोधी स्थिति बढ्दै जाने अवस्था सिर्जना हुनपुग्यो । पार्टीभित्र फैलिदो यो स्थितिलाई नवौं राष्ट्रिय महाधिवेशनले सच्याउन नसकेको मात्र होइन, ती अभ्यासहरूलाई एक किसिमले झन् संस्थागत जस्तो वनाइदियो । महाधिवेशनका प्रतिनिधिहरू आमरूपमा प्यानलकै हिसाबले प्रतिस्पर्धामा खडा भए, कसैले हारे, कसैले जिते । यस्तो प्रतिस्पर्धाको अस्वस्थ्यताका कारण पार्टी जीवनभित्रको सम्बन्धलाई नराम्ररी प्रभावित वनाइदियो ।

अझ, महाधिवेशन हलमै दुई प्यानलका प्रमुख अगुवाहरूले नै औपचारिक रूपले प्यानलको घोषणा गर्नपुगे, त्यसैअनुरूप अन्य गतिविधिहरूलाई (औपचारिक र अनौपचारिक दुबै) बेरोकटोक अगाडि बढाइए, बढाउन पूर्ण रूपमा प्रोत्साहित गरिए । यस्तै स्थितिको बीचमा परिणामहरू सार्वजनिक भए, सार्वजनिक गरिएको परिणामप्रति क्रिया र प्रतिक्रियाहरू व्यक्त गर्ने एउटा सिलसिला नै चल्यो । स्वस्थ र स्वच्छ भयो कि भएन वा हुनसक्यो कि सकेन जस्तो अत्यन्त अस्वस्थकर हावा चल्ने वातावरणसमेत वनाइयो । यस्ता बहस, छलफल र क्रिया–प्रतिक्रियाहरूको एउटा सिलसिला नै चल्न थाल्यो ।

यसले सिंगो एमाले पंक्तिलाई माथिदेखि तलसम्म नै विभाजित वा विभाजित मनस्थितिमा पु¥याइदियो । यस्ता गतिविधिहरूका कारण आम जनता खासगरी एमाले पक्षधरहरू एककिसिमले विचलित वन्नुपर्नेजस्तो अवस्था देखापर्न थाल्यो । यस्तो अवस्थामा, नेकपा (एमाले) ले अहिलेसम्म लोकतान्त्रिक अभ्यासको नाममा आफूले गरेका अभ्यासहरूलाई फर्केर हेर्नुपर्ने आवश्यकता छ । अभ्यासको क्रममा प्राप्त भएका निष्कर्षहरूलाई सूत्रबद्ध गर्नुपर्ने, सवल र दुर्वल पक्षहरूलाई छुट्याउनुपर्ने, सवल पक्षहरूलाई थप सुदृढ वनाउनुपर्ने र दुर्वल पक्षहरूलाई हटाउन संगठित रूपमा र एकतावद्ध भएर हटाउन लाग्नुपर्ने आवश्यकता छ ।

अहिलेसम्म गरिएको अभ्यासका परिणामहरूले के देखाएका छन् भने – अब एमालेभित्र लोकतान्त्रिक अभ्यासका क्रममा पैदा भएका वा हुने तरंगहरूले पार्टीको संगठनरूपी घर भत्काउन सक्तैन, यसलाई धान्ने–थाम्ने क्षमता एमाले पंक्तिले आर्जन गरिरहेको छ । लोकतान्त्रिक अभ्यासलाई पचाउने, त्यसप्रति सहज वन्दै जाने क्रम यसभित्र बढिरहेको छ । मुलुकका राजनीतिक शक्तिहरूमा समेत एमालेले गर्दै आएको यस किसिमको अभ्यासको गहिरो र दूरगामी प्रभाव÷असरहरू परिरहेका छन् ।

मुलुककै राजनीतिक आन्दोलनलाई लोकतान्त्रिक दिशामा गतिवान बनाउन एमालेले महत्वपूर्ण प्रेरक भूमिका खेलिरहेको छ । यो पक्षलाई थप जिम्मेवारीपूर्ण तरिकाले अगाडि बढाउनुपर्ने आवश्यकता छ । तर सँगसँगै लोकतान्त्रिक अभ्यासलाई राम्ररी पचाउन नसक्ने नेपाली समाजको चरित्र वा विशेषता सिंगो राजनीतिक फाँटमा जसरी देखापर्ने गरेको छ, त्यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव एमालेभित्र पनि देखिने गरेको छ ।

माथि÷तल सबै ठाउँमा, विभिन्न मात्रामा, विभिन्न अभिव्यक्तिका साथ यो समस्या देखापर्ने गरेकोछ । अर्को निष्कर्ष के देखिएको छ भने लोकतान्त्रिक संस्कार र संस्कृतिको अभाव पार्टी जीवनमा पनि देखापर्ने गरेको छ । जित्नेले प्रतिस्पर्धामा हार्नेलाई समेट्न नसक्ने र प्रतिस्पर्धामा पराजित हुनेले जित्नेको जितलाई स्वीकार गर्न नसक्ने रूपमा यो समस्या प्रकट हुने गरेको छ । एउटा खास प्रतिस्पर्धामा, उस्तै उस्तै स्थिति भएकाहरूको बीचमा प्रतिस्पर्धा हुँदा कोही विजयी बन्यो, कोही विजयी वन्न सकेन – कुरा यत्ति हो । तर परिणामले विजयी वन्ने वा पराजित हुनेहरूको बीचमा निष्ठा, त्याग, वलिदान, आन्दोलनमा उसको भूमिकालाई अन्तर गरेर आँक्न मिल्दैन, आन्दोलनमा उसका ती चिजहरूको आवश्यकता रहिनै रहन्छ । तिनलाई अवमूल्यन गर्नुहुँदैन, झन् तिरस्कार गर्ने कुरा त गर्नैहुन्न ।

तिनलाई समेत सम्मानजनक हिसावले स्वीकार गर्नैपर्छ, लिइरहनै पर्छ । यो काम आन्दोलनकै हितमा हो भन्ने कुरा बुझ्नैपर्छ । यस्तै, प्रतिस्पर्धामा पराजित हुने साथीहरूले प्रतिस्पर्धामा आफूले विजय प्राप्त गर्न सकिएन, तर आफूसरहकै अर्को साथी विजयी बन्नुभयो भन्ने कुरालाई बुझ्नुपर्छ । त्यो विजयलाई स्वीकार गर्नुपर्छ र सकारात्मक ढंगले अगाडि बढ्नुपर्छ । यो लोकतान्त्रिक राजनीतिक संस्कारलाई आत्मसात गर्नुपर्ने र पार्टीको राजनीतिक÷सांगठनिक जीवनमा वास्तवमै आत्मसात गर्नुपर्ने विषय हो । नेकपा (एमाले)ले प्रारम्भ गरेको पार्टी जीवनको लोकतान्त्रिकरणलाई अगाडि बढाउने सिलसिलामा प्राप्त यी दुईवटा निष्कर्षलाई गंभीर रूपमा मनन गर्नुपर्ने जरूरी छ ।

लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन उन्नत वैधानिक र संरचनागत व्यवस्थाको आवश्यकता
भनिन्छ– उन्नत, प्रगतिशील, अग्रगामी सुधार वा परिवर्तन गर्न, ती परिवर्तनहरूलाई टिकाइरहन, तिनबाट आशातित परिणामहरू प्राप्त गरिरहन त्यसैअनुरूप संरचनात्मक सुधारहरू गरिनैपर्छ । त्यसो नगर्दा वा गर्न नसक्दा, ती अग्रगामी वा प्रगतिशील सुधारहरूले स्वयम् प्रतिगमन वा प्रतिक्रान्ति निम्त्याउन पुग्छन् ।

यही नहुँदा वा हुन नसक्दा दुनियाँका धेरै मुलुकमा प्रगतिशील र जंगी सुधारहरू भएर पनि तिनलाई टिकाउन संभव भएन, ती त खेर गए गए, त्यति मात्र भएन, त्यहाँ प्रतिक्रान्तिको एउटा डरलाग्दो सिलसिला नै चल्यो । ती देशका जनताले त्यसको मारसमेत खेप्नुपर्यो ।

नेकपा (एमाले)ले प्रारम्भ गरेको लोकतान्त्रिक अभ्यासको पनि समीक्षा गर्नु जरूरी छ । यो अभ्यासको प्रारम्भ गरियो, यसलाई थप अगाडि बढाउँदै लैजाने अठोट पनि गरियो र यही अठोटअनुसार यो अभ्यासलाई झन्–झन् विस्तारित गर्दै पनि लगियो । तर यसअनुसार बैधानिक संरचनालाई उन्नत वनाउने कुरा भने गर्न सकिएन वा यसतर्फ दिनुपर्ने जति ध्यान दिन सकिएन ।

पुरानो वा प्रचलित बैधानिक संरचनालाई नै मूलतः ध्यान दिने वा त्यसैबाट निर्देशित भएर कामहरू भइरहे । नयाँ नयाँ अभ्यास, तर ती अभ्यासलाई व्यवस्थित वनाउने बैधानिक व्यवस्था भने आधारभूत रूपमा पुरानै ! स्वभाविक छ, यस्तो हुने कुराले एउटा अन्तर्विरोधी स्थिति खडा हुँदै गयो । जस्तो, विकसित सांगठनिक स्थितिलाई ख्याल गर्दै पार्टी विधानलाई संशोधन वा सुधार गर्ने प्रयत्नहरू त गरिए, तर ती सबै आधारभूत रूपमा प्रचलित अभ्यास अन्तर्गत नै जारी राखियो । अर्थात्, प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने राष्ट्रिय महाधिवेशनको ज्वरो चढेको वेला सांगठनिक जीवनलाई व्यवस्थित वनाउनका लागि अत्यन्त सन्तुलित र निरपेक्ष भएर गर्नुपर्ने पार्टी विधानको संशोधनको काम पनि त्यहीबेला गर्ने पुरानो अभ्यासलाई निरन्तरता दिइयो ।

वास्तवमा, त्यसबेला चाहेर पनि (आवश्यकता भएर पनि), सिंगो सांगठनिक जीवनलाई उन्नत वनाउने हिसावले बैधानिक व्यवस्था गर्ने काम हुन संभव थिएन र हुन सक्दैनथ्यो । यसरी, गर्नैपर्ने, तर समय सन्दर्भको उचित संयोजन गर्न नसक्दा आफूले थालेको उन्नत र आवश्यक व्यवहारलाई संगतीपूर्ण बनाउने कुरामा एमाले हुनुपर्ने जति बलियो वन्न सकेन । यस्तो हुँदा, हल गर्न पनि नसकिने अन्तर्विरोधको अवस्था सिर्जना हुँदै नै गयो । जसलाई पुरानै ढर्रामा निर्माण गरिएको वैधानिक व्यवस्थाबाट समाधान गर्नु संभव हुँदैनथ्यो ।

समस्याहरूको चाङ् लाग्दै जाने तर तिनलाई समाधान गर्ने उन्नतस्तरको वैधानिक संरचनात्मक व्यवस्था भने नहुने एउटा अप्ठेरो स्थिति देखापर्दै गयो । (जुन अहिलेको एमालेभित्रको सांगठनिक समस्या समाधान गर्न नसक्नु वा नहुनुको मुख्य कारण हो भन्दा हुन्छ ।) नवौं राष्ट्रिय महाधिवेशनले विगत लामै समयदेखि रहँदै आएको यो समस्यालाई समाधान गर्ने उद्देश्यद्वारा विधान महाधिवेशन गर्नैपर्ने किटानी व्यवस्था गरेको छ । र, नवौं केन्द्रीय कमिटीको चौथो वैठकले त आगामी डेढ वर्षभित्र विधान अधिवेशन गर्ने निर्णयसमेत गरिसकेको छ ।

यो निर्णय लोकतान्त्रिक विधिद्वारा नेतृत्व चयनको प्रतिस्पर्धी परिस्थितिभन्दा फरक वातावरणमा पार्टीका समग्र सांगठानिक जीवनसित सम्वन्धित विषयहरूको वारेमा अत्यन्त सन्तुलित र उन्नत निष्कर्षमा पुग्नका लागि नै हो । यही निर्णयद्वारा निर्देशित हुँदै अब आउने दिनमा नेकपा (एमाले) अगाडि बढ्नुपर्छ र यसले नयाँ उँचाई चुम्नुपर्छ ।

पार्टी कामका नयाँ–नयाँ क्षेत्रहरू र पार्टी शक्तिको बिन्यास
नेकपा (एमाले)ले प्रारम्भ गरेको लोकतान्त्रिक अभ्यास केवल पार्टी विधानलाई उन्नत वनाउने विषय मात्र होइन, नयाँ राजनीतिक कार्यदिशालाई अवलम्बन गर्नुपर्ने विषय पनि हो । विगतमा लामो समयसम्म राजनीतिक अधिकार प्राप्तिको लडाईंमा केन्द्रित रहेको नेकपा (एमाले) आर्थिक–सामाजिक रूपान्तरण तथा समृद्धी प्राप्तिको राजनीतिक कार्यदिशामा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको वर्तमानमा यही राजनीतिक कार्यदिशाअनुरूप सांगठनिक कामहरूलाई अगाडि बढाउनुपर्ने जरूरी छ । यसै अनुसार पार्टीभित्र अभ्यास र आचरणहरूलाई विकास गर्नुपर्ने जरूरी छ ।

वास्तवमा यी कामहरू पार्टी जीवनको लोकतान्त्रिकरणसित अन्योन्याश्रित छन् । विगतमा, राजनीतिक अधिकार प्राप्तिको लडाईं चलिरहेको वेला, त्यो लडाईंलाई एउटा निष्कर्षमा पु¥याउने उद्देश्य राखेर अघि बढिरहेको वेला, राजनीतिसित त्याग, वलिदान, समर्पण, जेल, यातना, भूमिगत जीवन, निर्वासन र मृत्यु आदि कठोर नियति अनिवार्य रूपमा गाँसिएर आउने विषयहरू थिए । ती विषयहरूलाई आत्मसात् गरेर मात्रै राजनीतिक अधिकार प्राप्तिको लडाईंमा जित हासिल गर्न सकिन्थ्यो । तर पछि, राजनीतिक अधिकार प्राप्तिको लडाईंमा मूलतः विजय हासिल गरिसकेपछि राजनीतिसित अर्को पाटो पनि अनिवार्य र सशक्त रूपमा सम्बन्धित भएर देखाप¥यो ।

त्यो भनेको यससित अभिन्न रुपमा गाँसिएर आएको सुविधा र अवसरको पाटो हो । लोकतान्त्रिक अभ्यासलाई आत्मसात गरिसकेपछि, राजनीतिमा खुलेको सुविधा र अवसरको पाटोलाई महत्वपूर्ण विषय बनाएर अगाडि बढ्नुपर्छ । राजनीतिसित अनिवार्यरूपमा जोडिएर आएको सुविधा र औसरको विवेकसम्मत वितरण र व्यवस्थापन अबको अनिवार्य र चुनौतीपूर्ण विषय वनेर आएको छ ।

अब कुनै पनि राजनीतिक पार्टी र नेताहरूको योग्यता, क्षमता, उत्कृष्टता र संभावना आदि सबै तिनै विषयहरू राजनीतिमा देखापरेको नयाँ पाटो अर्थात सुविधा र अवसरको पाटोको विवेकसम्मत वितरण र व्यवस्थापनमा त्यसले देखाउने योग्यतामा भर पर्दछ । र, यो काम राजनीतिक पार्टी र नेताले तब मात्रै गर्न सक्तछन् जब तिनले आफूलाई, आफ्ना व्यवहारहरूलाई लोकतान्त्रिक बनाउन सक्छन् । यो गर्न नसक्ने वा नचाहने नेता वा पार्टी क्रमशः हराएर जानु अनिवार्य छ ।

यसैले, पार्टीभित्र लोकतान्त्रिक अभ्यासको कुरा चाहीं गर्ने, तर पार्टीभित्र वा राजकीय फाँटहरूमा प्राप्त हुने सुविधा र अवसरहरूको विवेकसम्मत वितरण र व्यवस्थापनचाहिं नगर्ने वा गर्न तत्पर नहुने कुराले साँचो अर्थमा पार्टी र उसको दैनन्दिन व्यवहारलाई लोकतान्त्रिक बन्न दिंदैन । त्यसैले लोकतान्त्रिक अभ्यास गरिरहेको, यसलाई आफ्नो जीवनको महत्वपूर्ण अंग मानिरहेको एमालेले यस सम्बन्धमा विशेष ध्यान दिनैपर्छ ।

पार्टीभित्र कामका अनेकौं क्षेत्रहरू देखापरेका छन् वा खुलेका छन् । विगतमा जस्तो सीमित क्षेत्र वा दायरामा अब एमाले रहन सक्दैन । ती सबै ठाउँमा योग्यतापूर्वक र योजनावद्ध रूपमा पार्टीले आफूलाई स्थापित गराउनुपर्ने र श्रेष्ठ वनाउनुपर्ने चुनौतीपूर्ण काम हो । सिंगो समाज र राष्ट्रको पार्टी वन्नका लागि पनि नेकपा (एमाले)ले यी कामहरू गर्नैपर्छ । यसका लागि आफ्नो कार्यशक्तिलाई वुद्धिमत्तापूर्वक विन्यास गर्ने काममा यसले योग्यता देखाउनुपर्छ ।

आशालाग्दो, जनताले भरोसा गरेको र यस अर्थमा भविष्य भएको शक्ति भएका कारणले पनि एमालेले अब आफूलाई पुनःव्यवस्थित गर्न सक्नुपर्छ । यस्तै, राजकीय फाँटमा अनेक क्षेत्रहरू रहेका छन्, ती सबैमा योग्यतापूर्वक काम गर्ने, सेवा दिने कार्य शक्ति एमालेले निर्माण गर्नुपर्ने जरूरी छ । राजकीय फाँट भन्नाले सरकारको मात्र कुरा आउँदैन, सरकार बनेका बेलाको मात्र कुरा आउँदैन, सरकार नबनेका बेला पनि ती सबै फाँटमा एमालेले योग्यतापूर्वक भूमिका खेल्न सक्नुपर्छ । माथिल्लो तहबाट, राज्यको नीति निर्माणको तहबाट, विकास–निर्माण र जनतालाई दिइने सेवा–सुविधाका विषयहरू अब एमालेको प्रत्यक्ष सरोकारका विषयहरू बन्नुपर्छ ।

यो आवश्यकतालाई ख्याल गरेर आफ्नो शक्तिलाई संगठित र विस्तार गर्नुपर्ने आवश्यकता छ । यसै आधारमा पार्टीका सम्पूर्ण आचरण र व्यवहारहरू सुधार गर्नुपर्ने जरूरी छ । पार्टी लोकतान्त्रिक बन्ने कुरासित यी सबै विषयहरू गाँसिएका छन् । यसरी नै समग्रतामा पार्टीभित्रको लोकतान्त्रिककरणको विषयलाई उन्नत बनाउन सकिन्छ ।

निस्कर्ष –
लोकतान्त्रिक अभ्यासमा अगाडि बढेको र यसमा अगुवाई गरिरहेको नेकपा (एमाले)ले आफ्ना मान्यता र अभ्यासहरुलाई सुसम्बद्ध रुपले अगाडि बढाउन सक्नुपर्छ । अहिलेसम्मका अनुभवहरुको निस्कर्षहरुलाई बस्तुनिष्ठ तरिकाले लेखाजोखा गर्नुपर्छ । आफ्ना अभ्यासहरुको वैधानिक र संरचनात्मक पुनःव्यवस्था गर्दै अगाडि बढ्नुपर्छ । यी सबै कामहरु गरिरहँदा परिवर्तित राजनीतिक कार्यदिशाका आधारमा आफूलाइै पुनःव्यवस्थित गर्न सक्नुपर्छ । परिवर्तित कार्यदिशाबाट आफ्ना समग्र नीति, विचार, आचरण र गतिविधिहरुलाई पुनःव्यवस्थित गर्न सक्नुपर्दछ !

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *