प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक, चीन भ्रमणदेखि संविधानसम्म छलफल हुने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने कम सिट भएका दलहरुको बैठक बोलाएका छन् ।

यही चैत १० गतेदेखि चीन भ्रमण गर्न लागेका उनले यसअघि राजनीतिक सहमति कायम गरेर निर्वाचनको वातावरण बनाउने उद्देश्यले कम सिट भएका दलहरुको बैठक बोलाएका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार अपरान्ह चार बजेका लागि बोलाइएको सो बैठकमा संविधान संशोधन, निर्वाचन दलहरुको सहभागिता र बिहीबारबाट प्रधानमन्त्री प्रचण्डले गर्ने चीन भ्रमणमा उठाउनु पर्ने विषयलगायतका सम्बन्धमा छलफल हुने बताइएको छ ।

सीमांकन हेरफेरको विषयलाई थाँती राखेर गरिने संविधान संशोधनमा सहमति गरेर निर्वाचनमा सहभागी हुन मधेशी मोर्चालाई यसअघि आग्रह गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबारको सर्वदलीय बैठकमा पनि सोही कुरा उठाउने प्रधानमन्त्रीको तयारी छ ।

यसअघि सोमबार प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेका प्रमुख दलहरुसँग दुई चरणमा छलफल गरेका थिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *