चीन भ्रमणमा प्रधानमन्त्रीले नयाँ सम्झौता नगर्ने, पुरानै कार्यान्वयनमा जोड

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणमा नयाँ सम्झौता नगर्ने बताएका छन् । यही चैत १० गतेबाट चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री प्रचण्डले नयाँ सम्झौता नगर्ने र यसअघि भएका सहमति कार्यान्वयनमा जोड दिने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा नयाँ सम्झौताहरु गर्ने भन्दा पनि यसअघि भएका सहमति र सम्झौताहरु कार्यान्वयन गर्ने र नयाँ समझदारी गर्दै अगाडि बढ्न आधार तयार गर्ने जानकारी गराएका हुन् ।

आफ्नो भ्रमणका क्रममा चिनियाँ पक्षसँग खुलेर छलफल गर्ने भन्दै उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट तय भइसकेको पनि बताए । बिहीबारबाट गर्न लागेका चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड बोआओ सम्मेलनमा सहभागी हुनेछन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *