नायिका नीता ढुंगाना यि युवकसँग जिन्दगीको सफर गर्ने मुडमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ८ चैत । गायक पुरुषोत्तम सुवेदीको स्वर र संगीत रहेको गीत सुरु भएको छ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

पछिल्लो समयका चर्चित संगीतकार नृपेश उप्रेतीको शब्द शृजना रहेको गीत हरेक युवा मनको चाहना र भावना भएको निर्देशक दिपेन्द्र केसी तर्क गर्छन् । गीतको भिडियोमा नायिका नीता ढुंगाना र सोहम भेटुवालको अनस्क्रिन रोमान्सलाई गज्जब शैलीमा प्रस्तुत गरिएको छ ।

जिन्दगीलाई नै एउटा सफरका रुपमा ब्याख्या गरेको गीतमा सफरको सुरुवातमा नै नायिका नीता ढुंगानाको नजर सोहम भेटुवालसंग जुध्न सुरु भएको छ र एउटा प्रेमिल मोडमा पुगेको दृश्य कलात्मक लाग्छ ।

जुन गीतको म्युजिक भिडियो लन्डनबाट सार्वजनिक गरिएको गरिएको हो । जसलाई नेपाल पत्रकार महासंघ युकेको बार्षिक साधारण सभामा बीबीसी विश्व सेवाका नवीन सिंह खड्काले बिमोचन गरेका हुन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *