११ वर्ष पछि छैठौँ एल्वम लिएर आउँदै गायक निर्णय

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ १८ चैत । गीत गाउँदा गाउँदै समाज सेवामा छिरेका हिपहप गायक निर्णय श्रेष्ठ करिव ११ वर्ष पछि छैठौँ एल्वम लिएर फेरी सांगितिक दुनियामा आउने भएका छन् ।गायक श्रेष्ठ “एक नेपाल–एनएसके स्टाइल” एल्वम लिएर सांगितिक बजारमा आउन लागेका हुन् । आज पत्रकारहरु विच एक कार्यक्रम गरी यही महिना आफ्नो नया एल्वमको विमोचन गर्न लागेको जानकारी दिए ।

एल्वममा “आज मेरो नेपाल”, “ह्याप्पी वर्थडे”, “म तिम्रो नेपाली” लगायत अन्य गीतहरु समावेश छन् । सो एल्वममा गायक श्रेष्ठलाई सुवानी मोक्तान, आस्था बी. अक्षता र प्राश्ना शाक्यले साथ दिएका छन् ।नया एल्वम १६ जिवीको एटिएम आकारको पेनड्राइभमा उपलव्ध हुने गायक श्रेष्ठले बताए । सो पेनड्राइभमा छैठौँ एल्वमका गीत म्युजिक भिडियोका साथै अघिल्ला ५ एल्वमका गीत भिडियो पनि समावेश रहने उनको भनाई छ । अहिले डिजिटल जमाना भएको कारण केही नयाँ गरौँ भन्ने उद्धेश्यले पेनड्राइभमार्फत गीतहरु बजारमा ल्याउन लागेको उनले बताए ।

सन् २००० बाट नेपाली सांगितिक क्षेत्रमा आएका श्रेष्ठले २००६ मा आईपुग्दा पाँच एल्वम निकालेका थिए । त्यसपछि  नारा दिएर समाज सेवाको अभियानमा निस्किएका थिए ।११ वर्ष गायनबाट टाढिएका श्रेष्ठले सो अभियानबाट देशका विभिन्न विद्यालयमा पुगेर करिव १० लाख भन्दा बढि किताब कापी, पेन्सिल लगायतका सामग्रीहरु वितरण गरेका थिए । उनी भुकम्पपिडितको उद्धार तथा सहयोगको लागि पनि सक्रिय भएर लागेका थिए ।

लामो समय समाज सेवाको नया अभियानमा रहेपनि आफू गीत संगीतमै लागिरहेको उनले बताए । सामाजिक कार्यमा लागेको कारण एल्वम निकाल्न भने केही ढिलो भएको उनले स्वीकारे ।गायक श्रेष्ठको यस अघिका “दिन पनि ढल्यो”, “म नेपाली”, “हाम्रो गाउँले जीवन”, “मेची देखि महाकाली” लगायतका गीतहरु निकै चर्चित छन् । छैठौँ एल्वमका गीतहरु पनि उति नै चर्चित हुनेमा उनी विश्वस्त छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *