छैटौं इन्द्रिय

  •  
  •  
  •  
  •  
  •  

विद्याप्रसाद घिमिरे

पूर्वीय संस्कृतिमा हजारौं वर्षदेखि तृतीय नेत्र र छैटौं इन्द्रियबारे व्यापक चर्चा हुँदै आएको छ भने यससम्बन्धी खोज र अनुसन्धानले बेलाबेलामा चर्चा पाउने गरेको छ । पूर्वीय योग विज्ञानलाई आधार मानेर अनुसन्धान हुँदै आएको यस विषयमा अहिले पश्चिमाहरूको चासो बढ्न थालेको छ ।

तृतीय नेत्र र छैटौं इन्द्रियबाट प्रभावित अनौठा घटना हरेक मानिसको जीवनमा दैनिक घटिरहेको हुन्छ । यो प्रभाव केहीलाई थाहा हुन्छ भने केहीलाई शङ्कासम्म हुँदैन । हामी पैदल वा कुनै साधनमा चढेर कहीँको यात्रामा गइरहेको बेला अचानक आफूलडेको, आफ्नै शरीरमाथि केही खसेको वा कुनै वस्तुसँग हामी ठोक्किएको पक्कापक्की हुन्छ । हामी डराएर आँखा चिम्म गर्छौं । तर अचम्म, हामी लड्न वा ठोक्किनबाट बचिरहेका हुन्छौं । अनौठो लाग्छ, घटना भएकै हो । तर पनि हामी कसरी बच्न सफल भयौं । केही समयसम्म त विश्वास नै हुँदैन । कैयन दुर्घटनामा यति जना बाँचे, यति जनाको मृत्यु भयो भन्ने समाचार हामीले सुन्दै आएका छौं । एउटै घटनामा सँगै जोडिएर बसेको साथी मर्छ अर्कोलाई केही हुँदैन । यो के भएको ?

एक मित्रले मलाई घटनाको वृतान्त सुनाएको सम्झन्छु । “म त बस दुर्घटनामा मरिसकेको मान्छे । मलाई त आफूमरेँ नै भन्ने भइसकेको थियो, तर खै कसरी झुक्किएर बच्न पुगेछु । सँगैको साथी भने मर्यो बिचरा !”

के यस्तो हुन सक्छ रु कोही मानिस झुक्किएर पनि बाँच्न सक्छ ? अहँ ! मानिसको जीवन र मरण झुक्किने प्रक्रियासँग सम्बन्धित छँदै छैन । तर पनि मानिसहरू झुक्किएर बाँचेको अनुभव सुनाइरहेका छन् । कतिपयको अनुभवमा घटनाको आभास निद्राको अर्धचेतनमै पनि हुन्छ । यही आभासले हामीलाई बेहासीकै अवस्थामा पनि खतराबाट बचाउँछ । निदाइरहेको व्यक्तिले गर्मी र जाडो महसुस गर्छ । पट्याएर राखेको ओढ्ने तानेर ओढ्छ । लामखुट्टे, उपियाँले टोकेको थाहा पाउँछ र टोकेको ठाउँमा प्याट्ट हान्छ । कसैको निद्रामै हिँड्ने बानी हुन्छ । निद्रामा गरिएका यति धेरै क्रियाकलाप ब्युँझदा केही थाहा हुँदैन । यो सबै छैटौं इन्द्रियको सानो चामत्कारिक उदाहरण हो भन्ने यसको अनुसन्धानमा लागेकाहरू बताउँछन् ।

हामी आँखा बन्द गरेर बसेको बेला वा कुनै काममा एकाग्र भएर लागेको बेला हामीमाथि कुनै अनिष्ट हुन लागेको आभास हुन्छ । अनिष्ट हुने यो सङ्केत तत्काल मस्तिष्कमा पुग्छ र हामीलाई मस्तिष्कले जोखिमी काम गर्नबाट रोक्छ । यस्ता सयौं गतिविधि हामीले हेक्का राखेका हुँदैनौं । वास्तवमा यतिबेला दुई आँखाको बीच भागको भ्रूमध्यमा छोटो प्रतिक्रिया हुन्छ । यी र यस्ता खाले पूर्वाभास तृतीय नेत्रकै कारणबाट हुने खोजकर्ताहरूको दावी छ । यस्ता अप्रत्यासित घटनाको खबर सर्वप्रथम दुई आँखाको बीच भागमा रहेको भूरमध्य केन्द्रलाई हुन्छ । त्यही केन्द्रसँगै जोडिएर अर्को संवेदना केन्द्र रहेको हुन्छ । योगले यो भू्रमध्य केन्द्रलाई तृतीय नेत्र र भ्रूमध्य केन्द्रसँग जोडिएको संवेदना केन्द्रलाई छैटौं इन्द्रिय मानेको छ । मानिसमाथि खतरा हुँदैछ भने त्यो जानकारी सर्वप्रथम भू्रमध्य केन्द्र अर्थात तृतीय नेत्रलाई हुन्छ । यो जानकारी तुरून्त भ्रूमध्य केन्द्रसँग जोडिएको संवेदना केन्द्र अर्थात छैटौं इन्द्रियमा पुग्न सक्यो भने र छैटौं इन्द्रिय तत्काल सक्रिय भई काम गर्न सक्यो भने हामी आकस्मिक दुर्घटनाबाट बच्न सक्छौं । यी सम्पूर्ण क्रिया समयको हिसाबले एक सेकेन्डलाई सयौं भाग लगाउँदाको एक वा दुई भागभित्र भई सक्नुपर्छ । निश्चित अवधिभित्र यी सबै क्रिया हुन सकेन भने हामीमाथि हुने अप्रिय घटना टर्न सक्दैन भन्ने योगको मत छ ।

चमत्कारझैं लाग्ने यस्ता घटनामा सत्यता हुँदैन भन्ने व्यक्तिहरू समाजमा नभएका होइनन् । यस्ता घटनाबारे कसैले चर्चा गरे समाजले उसलाई बहुलट्ठी भन्ने गरेको पनि खोजमा लाग्नेहरूको अनुभव छ । तृतीय नेत्र र छैटौं इन्द्रियका सम्बन्धमा पश्चिमका वैज्ञानिकद्वारा गरिएको अनुसन्धानबाट पत्ता लागेको अर्को महत्वपूर्ण तथ्यमा, “दुई आँखाबीच भ्रूमध्यसँग हाम्रो मस्तिष्क जोडिएको हुन्छ । हरेक मानव मस्तिष्कको आठ प्रतिशतभन्दा कम भाग मात्र जीवन सञ्चालनमा काम आउँछ । बाँकी हिस्सा भने निष्क्रिय नै रहन्छ । संसारकै प्रतिभाशाली र अति विद्वानको कोटीमा गनिने व्यक्तिको पनि केवल आठ प्रतिशत मस्तिष्कमात्र काममा आउँछ ।” यस तथ्यबाट वैज्ञानिक र चिकित्सकहरू आश्चर्यमा छन् । किनकि मानव शरीरको यो भाग केवल जीवित छ तर उपयोगमा छैन । यो भागलाई कुनै उपायले शरीरबाट अलग्याई दिने हो भने पनि कुनै कमी महसुस हुँदैन । यो हुनु र नहुनु बराबर छ । वैज्ञानिकलाई राम्रो थाहा छ, प्रकृतिले व्यर्थमा कुनै चीज निर्माण गर्दैन । एक वा दुई भूल अपवाद हो । अहिलेसम्मको अध्ययनमा प्रत्येक व्यक्तिको झन्डै बयानब्बे प्रतिशत मस्तिष्क भाग निष्क्रिय छ ।

चिकित्सा विज्ञानले पत्ता लगाउन नसकेका धेरै विषयमा योगले खोज गरेको छ । खोज गर्नेहरूको भनाइमा, “मानिसले कुनै विषयमा एकाग्रसाथ अभ्यास गर्ने हो भने त्यसले मस्तिष्कलाई धक्का दिन थाल्छ । यसरी लगातार पर्ने धक्काले मस्तिष्कमा चोट पुर्याउँछ । फलतः मस्तिष्कको बाँकी हिस्सा पनि बिस्तारै सक्रिय हुँदै जान्छ । मस्तिष्कको यो हिस्सा सक्रिय भएपछि मानिसमा नयाँ विचारले जन्म लिन्छ । कहिलेकाहीँ दुर्घटनामा परेको मानिसमा पनि अपवाद स्वरूप मस्तिष्कको यो भाग सक्रिय भएको पाइएको छ । यस्तो मानिसमा तृतीय नेत्र र छैटौं इन्द्रिय हरेक समय सक्रिय रहन्छ । सक्रिय इन्द्रियले नै व्यक्तिलाई आकस्मिक दुर्घटनाबाट बचाउँछ ।” यस्तो मानिस सामान्य मानिसभन्दा फरक हुने र अतिमानव वा महामानवको कोटीमा पुग्ने उनीहरूको मत छ । यस अवस्थामा पुगेको मानिसलाई समाजले बहुलठ्ठी, पागल वा सनकीको संज्ञा दिन्छ ।

भनिन्छ, “विद्वताको सीमा पार गरेपछि मानिस पागल हुन्छ” । वास्तवमा विद्वान मानिस पागल होइन । यस विवादको मुख्य समस्या भनेको विद्वान व्यक्तिमा निहित ज्ञानले गर्दा उसले संसारलाई उल्टो देख्छ र समाज सुधार्ने अभियानमा लाग्छ । संसारले पनि विद्वानको अनौठो जीवन शैली देखेर उसलाई पागल ठानी उसलाई सुधार्ने कोसिस गर्न थाल्छ । यी दुइ पक्ष दुई चिरामा बिभक्त हुन्छन् । आपसी विचार मेल नखाएकै कारण सांसारिक व्यक्ति र विद्वानबीच बिस्तारै शितयुद्ध सुरू हुन्छ । व्यापक हिस्सा ओगटेको समाजले अल्पसङ्ख्यक विद्वानलाई पागल ठानेर संसारबाटै खेद्न थाल्छ ।

हामीले अद्वितीय बौद्धिक मान्दै आएका जिसस क्राइष्ट, बुद्ध, महावीरजस्ता नयाँ दर्शनका प्रवर्तकहरू साँचो महामानव थिए भने एरिष्टोटल, सुकरात, प्लेटोलगायतका दर्शनवादीहरू वास्तवमै अतिमानव थिए । यिनीहरूको मस्तिष्क सामान्य मानिसको भन्दा सक्रिय थियो भन्ने खोजकर्ताहरूको निष्कर्ष छ । मस्तिष्कको दोस्रो हिस्सा सक्रिय बनाउन सफल यी अतिमानवहरू सामान्य मानवभन्दा फरक भएकै कारण समाज सुधार्ने अभियानमा लागे । तर समाजको स्वार्थी प्रवृत्तिले यिनको सोचलाई पचाउन सकेन । समाजले उनीहरूलाई कुनै न कुनै लान्छना लगाएर संसारबाट बिदा दिने सोच बनायो र बिदा दियो ।

सन् १८८७, डिसेम्बर २२ का दिन दक्षिण भारतस्थित तामिनाडु राज्यको एक गरिब परिवारमा एउटा बालकको जन्म भयो । श्रीनिवास रामानुजन नाम गरेका ती बालक पछि गएर गणितको क्षेत्रमा विश्वविख्यात हुन पुगे । गाउँको स्कुलबाट सामान्य शिक्षा प्राप्त गरेका रामानुजनको प्रतिभा गणितशास्त्रमा विलक्षण थियो । त्यस समय विश्वका सर्वश्रेष्ठ गणितज्ञमा “गडफ्रे हारोल्ड हार्डी” थिए । उनी “क्याम्ब्रिज युनिभर्सिटी”अन्तर्गत “ट्रिनिटी कलेज”मा प्रोफेसर थिए । रामानुजनमा निहित गणित ज्ञानको चर्चा गर्दै उनले, “मनुष्य जातिको इतिहासमा रामानुजनभन्दा विशिष्ट कोटीको गणितज्ञ अर्को छैन” भनी दावी गरेका छन् । किनकि अन्य गणितज्ञहरूमा वर्षौंको अभ्यास थियो । उनीहरू सधैँ गणितसम्बन्धी चर्चा, परिचर्चामा व्यस्त रहन्थे, तर रामानुजन गणितका विद्यार्थी थिएनन्, न उनमा गणितसम्बन्धी तयारी र अभ्यास नै थियो । सामान्य मैट्रिक पनि थिएनन् उनी ।

सानो कार्यालयमा क्लर्कको काम गर्ने रामानुजनले कामको सिलसिलामा परिआउने जस्तोसुकै हिसाब पनि सजिलै गर्थे र उनको हिसाबमा कहिल्यै कुनै गल्ती हुँदैनथ्यो । उनीभित्र गणितबारे अद्भूत प्रतिभा रहेको चर्चा फैलिँदै गयो । एकदिन कुनै विद्वानले प्रो। जीएच हार्डीसँग सम्पर्क राख्न उनलाई सल्लाह दिए । उनले आफूले बनाएका एकसय पचासभन्दा बढी ट्रिगोनोमेट्रीका सिद्वान्तहरू हार्डीसमक्ष पठाई सुल्झाइदिन आग्रह गरे । उनले पठाएका सिद्धान्त देखेर हार्डी आश्चर्यमा परे । कुनै कलिलो उमेरको व्यक्तिमा ट्रिगोनोमेट्रीको सिद्वान्तबारे यति धेरै ज्ञान हुनु सामान्य थिएन । यस व्यक्तिमा कुनै अतिमानवीय गुण छ भन्ने हार्डीलाई लाग्यो र उनले रामानुजमलाई तत्काल युरोप झिकाए ।

रामानुजन क्याम्ब्रिज पुगेपछि विश्वका सर्वश्रेष्ठ गणितज्ञमा गनिने प्रो। हार्डीसमेत रामानुजनका अगाडि आफूलाई बच्चा ठान्न थाले । रामानुजनको क्षमता देख्दा रामानुजन र रामानुजनको मष्तिस्कबीच कुनै सम्बन्ध छ भन्ने आभाससम्म हुँदैनथ्यो । किनकि यदि कसैलाई गणितको सवाल सुल्झाउन दिएमा उसले केही बुद्धि चलाउनु पर्ने हुन्छ र समय लाग्छ । तर, रामानुजनलाई गणितको सवाल सुल्झाउन समय लाग्दैनथ्यो र उनको उत्तर हरेक पटक सही हुन्थ्यो । उही प्रश्नमा अल्मलिएर अरुको कैयन गल्ती हुन्थे, तर रामानुजन भने सधैँ सही ठहरिन्थे । बोर्डमा लेखिने गणितको सवाल र उनीबाट आउने उत्तरको बीच समय कहिल्यै व्यावधान बनेन ।

रामानुजन क्याम्ब्रिज पुग्नु त्यहाँका गणितज्ञका लागि आश्चर्यको घटना बन्यो । रामानुजनको मस्तिष्क नै खोज र अनुसन्धानको विषय बनेको थियो त्यसबेला क्याम्ब्रिजमा । जुन प्रश्नको हल गर्न ठुलाठुला गणितज्ञलाई छ सात घण्टा लाग्थ्यो । उनीहरूको उत्तर जाँच्न त्यति नै समय खर्च हुन्थ्यो । उत्तर सही नहुने सम्भावना पनि उत्तिकै हुन्थ्यो । तर रामानुजनलाई प्रश्न राख्नु र उत्तर आउनुबीच कुनै समय व्यतीत हुँदैनथ्यो र उत्तर सधैँ सही हुन्थ्यो । यो हेर्दा रामानुजनले बुद्धिको प्रयोग गरेर उत्तर दिँदैनन् भन्ने निष्कर्षमा उनीहरू पुगे । उनको बुद्धि त्यति प्रखर थिएन र खासै बुद्धिमत्ताको लक्षण पनि देखिँदैनथ्यो । गणितमा भने अतिमानव थिए उनी । मानिसमा हुनै नसक्ने उच्च क्षमता थियो उनमा, गणितको ।

यस्तो अद्भूत क्षमताका धनि रामानुजन २९ वर्षको उमेरमा क्षयरोगबाट ग्रसित भए । बिरामी रामानुजनलाई भेट्न केही शिष्यका साथ हार्डी अस्पताल गए । रामानुजनले अस्पतालको झ्यालबाट हार्डीको कार देखे । उनले हार्डीतिर हेरेर, “तपाईंको कारको नम्बर त गजबको रहेछ, यसले गणितीय व्यवस्थामा अत्यन्त ठुलो महत्व राख्छ” भन्दै उनले त्यस नम्बरका चार महत्वपूर्ण विशेषता बताए । त्यसको केही वर्षपछि २६ अप्रिल १९२० का दिन बत्तीस वर्षको अल्पायुमा उनको मृत्यु भयो । रामानुजन त मरेर गए, तर हार्डीलाई त्यो विशेषता सिद्ध गर्न छ महिना लाग्यो । रामानुजनले देख्नासाथ बोलेको विशेषता सिद्ध गर्न प्रो। हार्डीजस्तो विद्वानलाई छ महिना लाग्यो, तापनि तीनवटा मात्र विशेषता सिद्ध गर्न सके उनले । हार्डीले आफु मर्नुअघि त्यो चौथो विशेषताको खोजी जारी राख्नू भनी शिष्यलार्ई जिम्मेवारी दिएका थिए । हार्डीको मृत्यु भएको बाईस वर्षपछि चौथो विशेषता सिद्ध भएको बताइन्छ ।

यो प्रसङ्गलाई यहाँ उठाउनुको तात्पर्य के भने रामानुजनको दिमागमा जब गणितको आँकडा ठोकिन्थ्यो उनका दुई आँखाको मध्यमा अनौठो प्रतिक्रिया हुन्थ्यो । दुवै आँखाका नानी माथितिर सरेको सुस्पष्ट देखिन्थ्यो । आँखाका दुवै नानी माथि सरेर सेतो भागमात्र देखिने यस स्थितिलाई योगले हजारौं वर्षदेखि तृतीय नेत्रको खेल मानेको छ । दुवै आँखाको भ्रूमध्यमा तेस्रो आँखा हुन्छ भन्नेमा योग र पूर्वीय दर्शन विश्वास गर्छ । जीवनको पूर्वाद्र्धमा रामानुजन अवश्य कुनै घटना वा दुर्घटनाबाट गुज्रिएको हुनुपर्छ वा जान अन्जानमा उनी योगको त्यस स्थितिबाट पार भएको हुनुपर्छ, जसले उनको तेस्रो नेत्रलाई पनि सक्रिय बनायो ।

जे होस् रामानुजनमा रहेको विलक्षण प्रतिभालाई प्रोफेसर हार्डीलगायतका पश्चिमका धेरैले स्वीकार गरे । यो क्षमता उनमा कसरी विकास भयो भन्नेमा खोज पनि भयो । तर खोजले कुनै नतिजा ल्याएन । वास्तवमा यो वैज्ञानिक र चिकित्सकले खोज गर्ने विषय होइन र यस्तो खोजबाट परिणाम ल्याउन पनि सक्दैन । यसलाई बुझ्न योग र अध्यात्मको माध्यमबाट मात्र सम्भव छ ।

मनोचिकित्सकहरू यो अवस्थालाई गहन निद्रा वा गहिरो सुषुप्तिको अवस्था मान्छन् । “दुवै आँखा बन्द गरेपछि देखिने जगत नै तेस्रो नेत्रले देख्ने जगत हो । यो सक्रिय नभई व्यक्तिमा अद्भूत ज्ञान हुन सक्दैन । यस्तो चमत्कार नियमित योगाभ्यास र ध्यानबिना सम्भव छैन” भन्ने छ । हृदयको शल्यक्रिया गर्ने चिकित्सकले बिरामीको मुटु चिरेर यस व्यक्तिले जीवनमा यति प्रेम गर्यो र यति घृणा गर्यो भनी बताउन सक्दैनन् । चिकित्सा विज्ञानले हृदयका नसा र तन्तुको क्रियामात्र अध्ययन गर्न सक्छ । त्यसभित्रको प्रेम र घृणा देख्न सक्दैन । तर योग र ध्यानबाट यो सम्भव छ । तेस्रो नेत्र र छैटौं इन्द्रिय सक्रिय भएपछि व्यक्तिमा देखिने अलौकिक व्यवहार र चामत्कारिक विशेषतालाई बुझ्न विज्ञान सक्षम छैन ।

कुनै दुर्घटनामा परेको व्यक्तिमा कुनै एक इन्द्रिय असामान्य रूपले सक्रिय भएको पाइन्छ । यसले मानिसमा आश्चर्यजनक ढंगबाट क्षमताको विकास गरेका उदाहरणहरू प्रशस्तै छन् । प्रकृतिले पृथ्वीवासीलाई पाँच इन्द्रिय दिएको छ । यसभन्दा बाहिरी इन्द्रियले काम गरेको अवस्थालाई अनुसन्धानले छैटौं इन्द्रियको चमत्कार बताउँछ । यसै प्रसङ्गमा आधारित एउटा रोचक घटना छ ।

सन् १९४५ मा ६७ वर्षको उमेरमा Edgar Cayce नामका व्यक्तिको अमेरिकामा निधन भयो । निधन हुनु चालीस वर्षअघि अर्थात सन् १९०५ मा उनी अचानक बिरामी भई बेहोश भएका थिए । तीन दिनसम्म उनी पूरै अचेतन अवस्थामा रहे । चिकित्सकहरूले उनलाई कोमाबाट बाहिर निकाली होसमा ल्याउने अनेकौं प्रयास गर्दा पनि सफलता हात लागेन । अन्त्यमा चिकित्सकहरूले सम्पूर्ण उपचार बन्द गरी मृत्यु पर्खनुभन्दा अर्को विकल्प नरहेको र अबको केही घण्टामा उनको मृत्यु हुने घोषणा गरे । बेहोस भएको अवधि र बिरामीको अवस्था हेरिरहेका चिकित्सकहरूले मस्तिष्कको सूक्ष्म तन्तुसमेतले काम गर्न छोडेको थाहा पाइसकेका थिए । कायसीको अवस्था निरन्तर ह्रासोन्मुख थियो ।
तेस्रो दिन एडगर कायसी बेहोसीमै बर्बराएको आवाज सुनियो । यो आवाजले चिकित्सकहरूको ध्यान खिच्यो । कायसीको परीक्षण गर्दा मस्तिष्क अझै कोमाको स्थितिमा थियो ।

शरीरको कुनै हिस्सा काटे पनि थाहा नपाउने अवस्थामा रहेका एडगर कायसीको अनायासै बोली फुटेको थियो । कायसीले बेहोसीकै अवस्थामा छोटो वाक्य भनेका थिए, “म एउटा वृक्षबाट खसेको थिएँ, ढाडमा चोट लागेपछि म बेहोस भएँ । अबको छ घण्टाभित्र मेरो अवस्थामा सुधार आएन भने शरीरमा जम्मा हुँदै गएको विषाक्त मेरो मस्तिष्कमा पुग्छ । त्यसपछि मेरो मृत्युलाई कसैले रोक्न सक्ने छैन ।” यति भनी उनले केही जडीबुटीको नाम बताए साथै ती जडीबुटीले Spinal मा मालिस गरिदिए आफूस्वस्थ हुने पनि उनले बताएका थिए । सायद यिनै जडीबुटीको नाम बताउनका लागि बोली निस्केको थियो कायसीको । यसपछि तत्काल उनको बोली बन्द भयो । उनले बताए बमोजिम गरेपछि विस्तारै उनको स्वास्थ्यमा सुधार आयो र केही दिनमा उनी ठिक भए । कोमामा रहेको एउटा व्यक्तिले आफ्नो उपचार विधि आफैबताएको यो घटना चिकित्सा विज्ञानको इतिहासमा अहिलेसम्मकै अनौठो मानिन्छ ।

त्यसपछि उनको जीवनले अनौठो स्वरूप लियो । उनको जीवनमा यस किसिमका घटना एकपछि अर्को गरी दोहोरिई रह्यो । अमेरिकामा एडगर कायसी नामको अस्पताल नै खोलेर बाँकी जीवनमा उनले तीस हजारभन्दा धेरै बिरामीको उपचार गरे । उनले उपचार सेवा उपलब्ध गराएका रोगीहरू निरपवाद रूपमा ठिक भएको तथ्याङ्क छ । तर यी सबै कार्य कसरी सम्पन्न भइरहेको छ भन्नेमा कायसी आफैले कहिल्यै जान्न र बुझ्न सकेनन् । विभिन्न स्थानमा दिएको अन्तर्वार्तामा उनको जवाफ हुन्थ्यो, “जब म रोगको कारण र निदानको उपाय खोज्न आँखा बन्द गर्छु, मेरो आँखाका दुवै नानी परेलाको भित्र पस्छन् । कसैले मेरा आँखाका परेलालाई माथितिर खिचिरहेझैं लाग्छ । मेरो आँखाका नानी जब भ्रूमध्यमा पुगेर रोकिन्छन्, त्यसपछि म यस संसारलाई बिर्सन्छु । यहीँसम्मको घटनामात्र मलाई थाहा छ, यसपछि के हुन्छ त्यो मलाई थाहा छैन ।”

उनको यस कथनलाई आज एक्काईसौं शताब्दीमा बाँचिरहेको मानिसले कसरी विश्वास गर्न सक्छ रु तर यो विज्ञानभन्दा धेरै माथिको विषय हो । नितान्त प्रकृतिसँग सम्बन्धित विषय हो । चिकित्सा विज्ञानले पत्ता लगाउन नसकेकै कारण यसमा विश्वासको सङ्कट देखिएको हो । तर पनि वास्तविकता यही हो कि एडगर कायसी नाम गरेका यी व्यक्तिले जीवनकालमा धेरै बिरामीको उपचार गरेका छन् । तीमध्ये केही विश्वासै गर्न नसकिने रोचक घटना छन् ।

“रथचाइल्ड” एक जमानामा अमेरिकाको अत्यन्त सम्पन्न र धनि परिवारमा गनिन्थ्यो । यस परिवारले सन् १७०० देखि “युरोपियन बैंकिङ् एण्ड फाइनान्स हाउस” स्थापना गरी १९ औं शताब्दीसम्म आइपुग्दा अमेरिका, फ्रान्स, अष्ट्रेलिया, बेलायत, जर्मनजस्ता सम्पन्न राष्ट्रहरूमा आफ्नो कारोबार फैलाएर संसारकै धनि परिवार बन्न सफल भएको थियो । त्यही परिवारकी एक महिला अचानक बिरामी भइन् । उनको उपचारमा लाखौं डलर खर्च भइसकेको थियो र कुनै उपचार बाँकी थिएन । आधुनिक चिकित्साबाट हार खाएपछि मानिस अन्य उपायतिर लाग्छ । ती महिलाको सम्बन्धमा पनि यही भयो । सबैतिर निराश भएपछि अन्त्यमा उपचारका लागि उनलाई कायसी कहाँ पु¥याइयो । परीक्षण गर्ने क्रममा कायसी बेहोस भए । बेहासीकै अवस्थामा उनले अनौठो औषधिको नाम बताए । आममानिस त्यस अवस्थालाई बेहोसीकै अवस्था मान्छन्, तर रहस्य बुझ्नेहरू त्यस विशेष अवस्थालाई नयाँ चेतना मान्छन् । उसले आँखा बन्द गरेर दिएको औषधिको व्यापक खोजी भयो । रथचाइल्ड परिवारले अमेरिकाभर त्यस औषधिको खोजीमा पैसा खर्च गर्यो, तर औषधि पाइएन । त्यस नामको औषधि यो संसारमा छ कि छैन भन्ने पनि कतैबाट जानकारी आएन । कसैसँग यस नामको औषधि भएमा सम्पर्क राख्न भनी पत्रिकामा विज्ञापन छपाइयो ।

एक महिनापछि स्वेडेनबाट एउटा पत्र आयो—“यस नामको औषधि बनेको छैन । बीस वर्षपहिले मेरो पिताले यस औषधिको सूत्र पेटेंट गरेका थिए । औषधि नबनेका कारण यो बजारमा आउन सकेन । यही क्रममा मेरो पिताको देहान्त भएको हुँदा औषधिसम्बन्धी प्रयोगले पूर्णता पाउन सकेन । मसँग त्यसको फर्मुला छ, म त्यही पठाउँदै छु ।” फर्मुला प्राप्त भयो । त्यसैको आधारमा औषधि बनाइयो र ती महिला ठिक भइन् । बजारमा आउँदै नआएको त्यस औषधिबारे कायसीलाई कसरी जानकारी भयो । यो अर्को रहस्य बनेको छ ।

अर्को एक घटनामा उनले बताएको औषधिको व्यापक खोजी गरियो । त्यस समय नपाइएको सो औषधिको एक वर्षपछि बजार प्रबद्र्धनका लागि पत्रिकाहरूमा विज्ञापन छापेको पाइयो । उनले औषधिको नाम बताएको बेला सो औषधि प्रयोगशालामा निर्माण भइरहेको थियो । कायसीले एक वर्ष पहिला बताएको औषधि एक वर्षपछि बजारमा आयो र त्यही औषधिबाट बिरामी ठिक भयो । कति पटक त उनले बताएको औषधि नपाएकै कारण बिरामीको मृत्यु भयो । बुझ्न खोज्नेहरूलाई कायसी भन्ने गर्थे, “यसमा मेरो सामथ्र्य केही छैन । म जे गरिरहेको छु त्यो मेरो सामथ्र्यमा पर्दैन । जब मेरो होश गुम्छ त्यसपछि को आएर मेरो आवाजमा बोल्छ रु कसले मेरो आँखाबाट हेर्छ रु उसले के देख्छ र के भन्छ रु मलाई केही थाहा छैन । म यतिमात्र भन्न सक्छु कि मभित्र वास गर्ने त्यस तत्वको सम्बन्ध मसँग छैन । म अलग छु त्यस तत्वसँग । त्यसैले यस विशेष परिस्थितिमा भएका कार्यको जस र अपजस मलाई नदिनू ।” तर सबैले देखेको एउटा सत्य यही थियो कि, कायसी बेहास हुँदा उनका दुवै आँखा माथितिर फर्किएका हुन्थे । मानिसहरू बेहोस वा गहन निद्रामा हुँदा जसरी आँखाको नानी परेलाको भित्रतिर सरेर लुक्छ, ठिक त्यस्तै देखिन्थे उनका आँखा ।

अहिले वैज्ञानिकहरू निद्रा र सपनाबारे अनेकौं प्रयोग गरिरहेका छन् । निद्रा र सपनाको बारेमा अध्ययन गर्ने यस विज्ञानलाई “ओनेइरोलोजी” भनिन्छ । यस विज्ञानमा मानिसको आँखाको नानी कति माथि सरेको छ, त्यो हेरेर मानिस कति गहिरो निद्रामा छ भनी पत्ता लगाइन्छ । आँखाको नानी सामान्य अवस्थामा छ भने आँखाको नानी ज्यादा गतिमान हुन्छ । यस समय आँखालाई तीव्र गतिमा दाँयाबायाँ चलाउन सकिन्छ । यस गतिलाई चिकित्साको भाषामा “रेपिड आइ मुभमेन्ट” अर्थात “रेम” भनिन्छ ।

योग साधनाको माध्यमबाट छैटौं इन्द्रिय सक्रिय बनाउने आधारका खोजकर्ताहरूको राय यो पनि छ कि, “हाम्रो आँखाको नानी माथि गएको अवस्थामा आँखाले बाहिरी संसारलाई नहेरी भ्रूमध्य अर्थात् आँखीभौं जोडिने केन्द्र भागमा हेरेको हुन्छ । जुन ठाउँमा पुगेपछि आँखाको नानी चलाउन सकिँदैन । यसबेला आँखाको चाल बन्द भई आँखाको नानी स्थिर हुन्छ । स्थिर नेत्रले जुन स्थानमा हेर्छ, ठिक त्यसै स्थानमा तृतीय नेत्र हुन्छ । आँखाको नानीलाई यहीँ स्थिर राखेर निरन्तर योगाभ्यास र ध्यान गर्ने हो भने छैटौं इन्द्रिय विस्तारै सक्रिय हुँदै जान्छ ।”
उल्लेखित दुई प्रसङ्गहरू यहाँ उठाउनुको तात्पर्य हरेक मानिसमा तेस्रो नेत्र र छैटौं इन्द्रिय विद्यमान हुन्छ भन्ने हो । तर यो कसरी सक्रिय हुन्छ भन्ने सम्बन्धमा भने कसैको मतैक्य पाइँदैन । यद्यपि रित पु¥याएर गरिने निश्चित योगाभ्यासबाट तृतीय नेत्र सक्रिय हुनसक्छ र यसै नेत्रको माध्यमबाट छैटौं इन्द्रिय पनि सक्रिय बनाउन सकिन्छ भन्नेमा भने सबैको राय एउटै छ । केही अप्रत्यासित दुर्घटनामा परेका व्यक्तिहरूमा अपवाद स्वरूप एकैसाथ तृतीय नेत्र र छैटौं इन्द्रिय सक्रिय भएको पाइएको छ । एडगर कायसीको घटना पनि यस्तै अपवादमध्ये एक हो । जीसस क्राइष्ट, मोहम्मद, अष्टाबक्र आदिमा जन्मजात तृतीय नेत्र सक्रिय रहेको बताइन्छ । यी महामानवहरूले पछि गएर योगको प्रक्रियाबाट छैटौं इन्द्रियलाई सक्रिय बनाएको उनीहरूको जीवनशैली र ज्ञानदृष्टान्तलाई अध्ययन गर्नेहरू बताउँछन् । बुद्ध, महावीरजस्ता महामानवहरूले भने निश्चित उमेर पुगेपछि ध्यान र योगको माध्यमबाट तृतीय नेत्र सक्रिय बनाएको बताइन्छ । तृतीय नेत्र सक्रिय भएपछि पनि ध्यानलाई निरन्तरता दिएकाले उनीहरूको छैटौं इन्द्रिय सक्रिय भएको अनुमान छ ।

योगदर्शन र अध्यात्म दर्शनलगायत विभिन्न दर्शनका पुस्तकहरूमा तृतीय नेत्र र छैटौं इन्द्रिय सक्रिय भएको व्यक्ति सामान्य मानवभन्दा फरक हुने र ऊ अतिमानवको स्तरमा पुग्ने उल्लेख छ । साथै यस्ता विषयवस्तु र तथ्यलाई उदाहरणसहित प्रष्ट्याइएको पनि छ । यससँग सम्बन्धित एउटा रोचक घटना यहाँ प्रस्तुत छ । हामीले सुन्दै आएका साना आयतनका रेडियो र एयर फोन विकास हुनुपूर्वको घटना हो यो । यस घटनाले विज्ञानको क्षेत्रमा नयाँ आयाम थपिदिएको छ ।

स्वेडेनमा चलिरहेको ट्रेनबाट अचानक एउटा मानिस खस्यो । तत्काल हेर्दा उसमा खासै चोट देखिएको थिएन । केही दिनमा ऊ चिच्याउने र कराउने गर्न थाल्यो । उसलाई अस्पताल भर्ना गरियो । परीक्षण गर्दा उसको कानले तीस किलोमिटर क्षेत्रभित्रको रेडियो स्टेशनबाट प्रसारित रेडियो तरङ्ग एकनासले सुन्ने गरेको पाइयो । सुरूका केही दिनसम्म उसका कानले अस्पष्ट आवाज सुन्ने गर्दथ्यो । घटनाको चौथो दिनदेखि भने रेडियो स्टेशनबाट प्रसारण भएका हरेक कार्यक्रम ठुलै आवाजमा सुन्न थालेका थिए, उसका कानले । सामान्य मानिसमा पाँच इन्द्रिय सक्रिय हुन्छन् । तर यस घटनापछि त्यो व्यक्तिमा छैटौं इन्द्रिय पनि सक्रिय भएको थियो । रेडियो स्टेशनबाट प्रसारित सबै कार्यक्रम सुन्नै पर्ने बाध्यतामा थियो ऊ । आवाज सानो बनाउने र बन्द गर्ने कुनै उपाय थिएन । सबै कार्यक्रम सुन्न सक्ने क्षमता उसमा थिएन । रेडियो स्टेशन बन्द हुँदाको केही क्षण उसलाई शान्ति मिल्थ्यो । लगभग पागल हुने स्थितिमा थियो ऊ । उसको कान अचानक रेडियो तरङ्गको ग्राहक बनेको थियो । रेडियोसरह “रिसेप्टिभ” को काम गरिरहेका थिए, उसका कानले । अन्त्यमा उसलाई बचाउनका लागि शल्यक्रिया गरेर बहिरो बनाउनु पर्ने भयो । आवाजलाई मस्तिष्कसम्म पु¥याउने नसालाई काटेर कान र मस्तिष्कबीचको सम्बन्धलाई बिच्छेद गरी चिकित्सकहरूले उसलाई बचाए ।

प्राकृतिक रूपमा आवाजलाई ग्रहण गर्ने क्षमता कानमा हुन्छ । रेडियो स्टेशनबाट प्रसारित आवाज सिधै ग्रहण गर्ने क्षमता कानमा हुँदैन । यो क्षमता रेडियोमा हुन्छ । कान होस् वा रेडियोस यी दुवै आवाज ग्रहणकै लागि बनेका हुन् । रेडियोको आविष्कार आवाज समात्नका लागि भएको हो । त्यसैले रेडियो र कान दुवैमा आवाज समात्ने समान “रिसेप्टिभिटी” हुन्छ । यी आवाज तरङ्गका समान ग्राहक हुन् । कानले वरपरको आवाज ग्रहण गर्छ, तर रेडियो स्टेशनमार्पmत आउने आवाज सिधै कानले समात्न सक्दैन । यस घटनापछि यन्त्रको सहायताविना पनि कानले सोभैm रेडियोको आवाज ग्रहण गर्न सक्ने रहेछ भन्ने थाहा भयो । रेडियो तरङ्गलाई ग्रहण गर्ने एउटा सानो “रिसेप्टिभ” कानमा राखेर बन्द गर्ने र खोल्ने प्रविधि जोड्न सके रेडियो सुन्नकै लागि त्यति ठुलो यन्त्र बोकेर हिँड्नु नपर्ने हुनसक्छ भन्ने नयाँ सोचले जन्म लियो । यसले विज्ञानको संसारमा नयाँ ढोका खोलिदियो । त्यसैअनुरूप रेडियोको विकास हुन थाल्यो । ठुला आयतनका रेडियो विस्थापित भए । त्यसको ठाउँमा साना आयतनाका रेडियो आए ।

यस्तो प्रविधि पूर्वीय संस्कृतिमा हजारौं वर्षपहिला विकास भएको पाइन्छ । महाभारतमा कुरूक्षेत्रको मैदानमा भइरहेको युद्धवृतान्त सञ्जयले हस्तिनापुर राजप्रासादमा रहेका अन्धा धृतराष्ट्रलाई बताएको चर्चा छ । आपूmभन्दा धेरै परको घटनालाई हाल हामीले हेर्ने गरेको टेलिभिजनको पर्दामा हेरेर जानकारी पाएसरह जानकारी पाउने सञ्जयमा सामान्य मानवमा भन्दा विशिष्ट गुण र अद्भूत शक्ति थियो । महाभारतको कथा सत्य वा असत्य जे होस् । यस कथनले तृतीय नेत्र र छैटौं इन्द्रियबारे खोज गर्नेहरूलाई नयाँ सोच र नयाँ दिशा अवश्य दिएको छ ।

लेखको बिट मार्नुअघि एउटा रोचक घटनाबारे विवेचना गर्न चाहन्छु । अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनले मर्नुभन्दा तीन दिन पहिले एउटा सपना देखे । तत्काल उनको निन्द्रा खुल्यो । उनी बेस्सरी हाँसे । हाँसोको आवाजले मेरी लिङ्कन पनि उठिन् । उनले पत्नीलाई सपनाको सबिस्तार सुनाए, “तिमी यति नम्बर र म यति नम्बरको मेचमा बसेर नाटक हेरिरहेका थियौं । अचानक त्यहाँ मेरो हत्या भएको थियो । मेरो लाशको सिरानीमा बसेर तिमी रूँदै थियौ । मानिसहरू भेलाजम्मा भएका थिए” आदि।।आदि।।।। सपनाको कुरा सुनेर केही क्षण हाँसो भयो । लिङ्कन सुते, पत्नी सुतिन् । ठिक तीन दिनपछि “फोर्ड थिएटर” नामको नाचघरमा लिङ्कनमाथि गोली प्रहार भयो । उनले बताएकै नाचघरमा, उनले बताएकै सिटमा बसेर नाटक हेरिरहेको बेला उनको टाउकोमा गोली लागेको थियो । मानिसहरू उसै गरी भेलाजम्मा भएका थिए । सपनामा देखेभन्दा फरक यत्तिमात्र थियो कि प्रविधिले उनलाई केही घण्टा जीवित राखी भोलिपल्ट बिहान उनको निधन भएको थियो ।

यसरी तीन दिन पछि हुने घटनाको पूर्वाभास दिलाउन पहिले नै सपना निर्मित हुन पनि सक्ने रहेछ । हाम्रो जीवनमा यस्ता घटना धेरै भइरहेका हुन्छन् । घटना ठुलै छ भने हेक्का रहला, तर धेरै घटनाकौ वास्ता हुँदैन । यस्ता घटनाबाट मिल्ने पूर्व जानकारीलाई हामी अन्धविश्वास भनी टारिदिन्छौं ।

योग खोज र अनुसन्धानको विषय हो । यसको माध्यमबाट नसोचिएका क्षेत्रहरूमा मानिसले सफलता हात पारेका छन् । फरक यतिमात्र छ कि विज्ञानले तथ्यसहितको प्रमाण दिन्छ, तर योगबाट प्राप्त लाभहरू जसले प्राप्त गरेको छ उसमा मात्र सीमित हुन्छ । यसको ज्ञात अरूलाई हुन सक्दैन । बाहिरबाट अरूले देख्न नसक्ने भएको हुँदा यसमाथि विश्वासको सङ्कट देखिएको हो । हरेक मानिसभित्र कुनै न कुनै विशेष गुण अप्रकट अवस्थामा रहेको हुन्छ । त्यसलाई प्रकट गराउने वा नगराउने आआफ्नै मिहिनेत र लगनमा भर पर्छ ।

मार्कोनीभित्र जन्मैदेखि रेडियोतरङ्ग, आइन्स्टाइनमा अणुसूत्र, राइटब्रदर्शमा हवाइजहाज, अलेक्ज्याण्डर ग्राहमबेलमा टेलिफोन लुकेको थियो । त्यस्तै लक्ष्मीप्रसाद देवकोटा, शेक्सपियरभित्र साहित्य थियो । उनीहरूलाई अप्रकट अवस्थामा प्रकृतिले त्यही दिएको थियो । यिनीहरूले नियमित अभ्यासद्वारा आफ्ना इन्द्रियहरूलाई सक्रिय बनाउँदै आफूमा निहित अप्रकटलाई प्रकट गराएर देखाए । तसर्थ हामी पनि आजैदेखि आफूमा निहित अप्रकटलाई प्रकट गराउने प्रयत्नमा लागौं । प्रयास सफल भए ठुलै उपलब्धि हात लाग्नेछ । सफल नभए पनि हामीले केही गुमाउन नपर्ने हुँदा ठगिएको र हारेको महसुस गर्नुपर्ने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *