पहिलोपटक प्रियंकासँग स्क्रिन सेयर गरेका निखिल भन्छन्– मलाई हैन राधे हेर्न जाऊँ(भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ चैत । नायक निखिल उप्रेती अभिनित् नयाँ चलचित्र “राधे” नयाँ वर्ष वैशाख १ गते रिलिज हुँदैछ । ५ वर्ष नेपाली चलचित्रभन्दा बाहिर बसेर फर्केपछिको चौथो चलचित्र राधेमा उनलाई जनयुद्धमा बेपत्ता पारिएको नागरिकको भूमिकामा देख्न पाइने छ ।

राधेमा निखिललाई प्रियंका कार्कीले साथ दिएकी छिन् । साथमा आशिष्मा नकर्मी पनि छिन् । निखिल यो चलचित्रबाट पहिलो पटक नायिका प्रियंकासँग देखिँदैछन् ।

निखिलले राधेमा दर्शकले निखिललाई हैन राधे पात्रलाई हेर्न जान आग्रह गरे । राधे नेपाली चलचित्र नेपाली कलाकार भएको कारण सबै नेपालीले हेर्नुपर्ने निखिल बताउँछन् ।

चलचित्रमा सामाजिक परिवेशको कथा समेटिएको निर्माण पक्षको दावी छ । सुशील पोखरेलले निर्माण गरेको राधेलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *