पत्ता लाग्यो पृथ्वी जस्तै अर्को ग्रह, नयाँ ग्रहको नाम जि.जे ११३२ बी

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २५ चैत । वैज्ञानिकहरूले पृथ्वी जस्तै वायुमण्डलयुक्त अर्काे ग्रह पत्ता लागेको दाबी गरेका छन् । पृथ्वीको एक चौथाइ सानो आकारको जि.जे ११३२ बी नामक सो ग्रह ३९ प्रकाश वर्ष टाढा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

कालो रङमा देखिएको सुपर अर्थसमेत भनिएको सो ग्रहमा मिथेन वा पानी अथवा दुवैको मिश्रण रहेको बताइएको छ । सौर्यमण्डलभन्दा बाहिर जीवनको खोजमा रहेका वैज्ञानिकका लागि यो एक ठूलो र महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

३ सय ७० सेन्टिग्रेड तापक्रम रहेको सो ग्रह पृथ्वीमा बस्नेका लागि भने योग्य नरहेको प्रतिवेदनमा जनाइएको छ । १ सय २० सेन्टिग्रेड तापक्रमसम्म जीव बाँच्न सक्दछ । भेला नक्षत्रको उत्तरी गोलाद्र्धमा रहेको ग्रहले सूर्यभन्दा सानो र तापक्रममा पनि कम रहेको ताराको परिक्रमा गर्ने अध्ययनले देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *