कसैको यादमा यसरी डुबे अर्जुन पोख्रेल

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ चैत्र । संगीतकार अर्जुन पोख्रेल यतिबेला कसैको यादमा डुबेका छन् । कसैको यादमा चुर्लुम्म भएका पोख्रेल उसैलाई भेटि रहन चाहन्छन्, उसैसँग मनका कुरा खोल्न चाहन्छन् । उनले कसैप्रतिको यो अथाहा प्रेम गीत मार्फत ब्यक्त गरेको छन् ।

अर्जुनको यो भावमा आवाज भरेका छन् गायक भरत गुरुङ्ले । आफ्नै शब्द तथा संगीतमा उनले आफ्नो प्रेम ब्यक्त गरेका छन् । गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् ।

चलचित्र र केहि एल्बमका काममा ब्यस्त रहेका संगीतकार अर्जुनको नयाँ गीतको कुरा हो यो । गीतको भिडियो समेत सार्वजनिक भएको छ । माईकल चन्दले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा भरत गुरुङ्लाई अभिनयमा साथ दिएकी छिन् रिजाले । अर्जुन तिवारीको छायाँकन रहेको म्यूजिक भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन ।
भिडियो हेर्नुहोस्

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *