म मात्रै हो र यो देशकै मन्त्री भिखारी छन् : दीपक क्षेत्री (हेर्नोस् भिडियो)

  •  
  •  
  •  
  •  
  •  
    20.2K
    Shares

दीपक सामपाङ राई/ मिडिया एनपी , २८ चैत । दीपक क्षेत्री नेपाली चलचित्र क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । विगत तीन दशकदेखि निरन्तर नेपाली चलचित्रमा अभिनय गर्दै आइरहेका कलाकार क्षेत्री यतिखेर चरम आर्थिक संकटमा छन् । लामो समयदेखि अस्वस्थ रहँदै आए पनि दैनिक जीवन चलाउन उनले चलचित्र अभिनय गर्न छाडेका छैनन्

रोगले च्याप्दै जाँदा उनको स्वर पनि भासिँदै गएको छ । घाँटीमा पलाएको मासुको डल्लाका कारण कलाकार क्षेत्रीको पुरानो बोली हराएको छ । उनलाई चिकित्सकले मासुको डल्लाको छिटोभन्दा छिटो अप्रेसन गर्न सल्लाह दिएका छन् । तर, तत्काल पाँच लाख आवश्यक पर्ने भएकाले अप्रेसन गर्न नसकेको उनको भनाइ छ ।

तर, अप्रेसन गर्दा अहिले भएको स्वर पनि गुम्ने चिन्तामा उनी छन् । ‘यस्तै स्वर भए पनि मैले अभिनय गर्न छाडेको छैन, कतै अप्रेसन गर्दा यही भएको स्वर पनि गुम्ने हो कि भन्ने चिन्ता लागेको छ, त्यसैले अप्रेसन नगरौं कि भन्ने पनि लागेको छ,’ उनले मिडिया एनपीसँग भने ।

मिडिया एनपीसँगको कुराकानीमा कलाकार क्षेत्रीले अहिलेसम्म आफूलाई न त चलचित्रसम्बन्धी कलाकार संघ–संगठन, न त सरकारले नै सहयोग गरेको उनको गुनासो छ ।
‘चलचित्र विकास बोर्डले दिने मासिक पाँच हजारले मेरो सिंगान पुछ्न पनि भ्याउँदैन, त्यो पनि म अस्पतालको बेडमा भर्ना भएपछि मात्रै सहयोग आउँछ छ रे,’ क्षेत्रीले भने, ‘म जस्तो कलाकार आफैं आर्थिक संकटमा छु, मेरो नेतृत्व गर्ने कलाकार संघ झन् भिखारी छ, उसले आफ्नो कार्यालयको भाडासमेत बुझाउन सकेको छैन, कहाँबाट मलाई सहयोग गर्नू ?’ उनले अहिले आफूलाई जस्तो परेको संकट अन्य कलाकारलाई पनि पर्ने बताउँछन् । ‘मलाई मात्र होइन, यस्तो संकट अन्य कलाकारलाई पनि पर्छ,’ उनले भने ।

चलचित्र पत्रकार संघ नेपालले ‘कलाकार दीपक क्षेत्रीको उपचारमा आर्थिक सहयोग अभियान’ सुरु गरेपछि  सहयोग गर्ने सहयोगी हातहरुको नाम र रकम :

१. ब्लगर आशिष विष्ट १० हजार

२. एभरेष्ट सुर्य बोहरा २५ हजार

३. पत्रकार निमेष गौतम र स्वस्तिका चिलुवाल  ५/५ हजार १० हजार

४. एन्जि श्रेष्ठ र रोजमेरी क्षेत्री  ५/५ हजार  १० हजार

५. कलाकार /निर्देशक निर्मल शर्मा १० हजार
६. कलाकार पल्लभी भट्टबाट रु १५ हजार रुपैयाँ

कलाकार दीपक क्षेत्रीको उपचार सहयोगका लागि दोस्रो दिन सहयोग गर्ने सहयोगी हातहरुको नाम र सहयोग रकम
१‍. गायक शिव परियारबाट १५०००
२. गायक रामकृष्ण ढकालबाट १०,०००
३. सञ्चारकर्मी प्रदीप तिमल्सिनाबाट १५,०००
४. संचारकर्मी बिधान कार्की र चलचित्र निर्माता मन्जु पराजुलीबाट ५/५ हजार गरि १० हजार

५. नविनचन्द्र कुँवर विगुल न्यूज डटकमबाट ७४१५ रुपैंया

सहयोग इच्छुक महानुभावले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दिप सापकोटालाई सम्पर्क गर्न सक्नुहुने छ । सम्पर्क नम्बरः ९८५१०२०८३५ । अथवा मिडिया एनपी डटकमको ०१-४२५४०५३ मा सम्पर्क गर्न सक्नुहुने छ ।

यो पनि पढ्नुहोस्

औषधि किन्न पैसासमेत नभएका कलाकार दिपक क्षेत्री भन्छन्, मैले पैसा र समय चिन्न सकिनँ

कुनै बेलाका चर्चित कलाकार दीपक क्षेत्री भन्छन्, ‘पाँच सयले दसैं टारे’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *