अमेरिका बस्दै आएकी नायिका पूजा चन्द भन्छिन् : अबको पाँच वर्षपछि सधैँको लागि नेपाल आउँछु (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

नेपाली चलचित्रमा एकदमै व्यस्त भएर पनि एक्कासी अमेरिका बस्न पुगेकी नायिका पूजा चन्दले अबको पाँच वर्ष पछि फेरि नेपाल फर्कने बताएकी छिन् ।

आफू ब्यस्त भएर पनि छोरीको अध्ययनका लागि नेपाली दर्शक र चलचित्र छाडेर अमेरिका जानुपरेको बताउँदै उनले अबको पाँच वर्षमा छोरीको पढाई सकिने र त्यसपछि सधैँको लागि नेपाल आउने बताएकी हुन् ।

आफन्त विरामी भएको कारण केही समय अगाडि नेपाल आएकी नायिका चन्दले आफु ब्यक्तिगत कारणले अमेरिका पुगेपनि नेपाल र नेपाली दर्शकलाई कहिले भुल्न नसकेको बताइन् । जहाँ रहेपनि नेपाली दर्शकको मनमा बसिरहेको र सबैलाई “मिस” गरिरहेको बताएकी छिन् ।

नायिका चन्दले अमेरिका बसेपनि बेला बेलामा नेपाल आएर डकुमेन्ट्री, म्युजिक भिडियो र केही चलचित्रमा अतिथी भूमिका निर्वाह गरिरहेको मिडिया एनपीलाई बताईन् । रंग दुनिया र देश छोडेर बाहिर जाँदा नितान्त आफूले व्यक्तिगत जीवन बिताएको र चलचित्र भन्दा फरक जीवन अनुभव गरिरहेको बताईन् ।

अहिले नेपाली चलचित्र बजार पहिलेको जस्तो नभएको भन्दै उनले भनिन् “अहिले विभिन्न प्रविधि भित्रिएको छ, काम गर्न निकै सहज छ, साथै नया भएपनि चलचित्र बुझेका निर्देशकहरु छन्, त्यसकारण पनि म फेरी नेपाली चलचित्रमा आउन इच्छुक भएकी हुँ ।”

नायिका चन्दले बरपीपल, मितेरी गाउँ, जिन्दगानी, चाहन्छु म तिमीलाई नै, आमा, मनको टुक्रा लगायत विभिन्न चलचित्रमा अभिनय गरेकी छिन् । करिव १२ वर्ष अगाडि नेपाली चलचित्र बजारमा व्यस्त नायिका हुँदा हुँदै पनि अमेरिका पुगेकी नायिका चन्द हाल श्रीमान राजु लामा, छोरी तथा आमाको साथमा बस्दै आएकी छिन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *