कलाकार दीपकराज गिरीको आज जन्मदिन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ वैशाख । कलाकार निर्माता दीपकराज गिरीको आज जन्मदिन परेको छ । नयाँ वर्ष वैशाख १ गते नै उनी जन्मेका हुन् । आजदेखि दीपकराज ४७ वर्ष लागेका छन् ।

नयाँ वर्ष र जन्मदिनको अवसर पारेर दीपकराज सपरिवार छुट्टी मनाउन यतिखेर विदेश यात्रामा छ । उनी श्रीमती, छोरीछोरालाई लिएर थाइल्यान्डको बैंकक पुगेका छन् ।

नेपाली हास्यटेलिशृंखला र चलचित्र इतिहासमा दीपकराजले कीर्तिमान बनाएका छन् । उनले निर्माण गरेको तीतो सत्य हास्यटेलिफिल्म सबैभन्दा लामो र लोकप्रिय रह्यो भने उनले निर्माण गरेको छक्का पञ्जाले व्यावसायिक कीर्तिमान कायम ग¥यो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *