मुसहर बस्ती हस्तान्तरण गर्नुअघि प्लेकार्डसहित -यालीमा महजोडी, धुर्मुस–सुन्तली हर्षित मुद्रामा (हेर्नोस् १० तस्बिर)

  •  
  •  
  •  
  •  
  •  

वर्षा बस्नेत, बर्दिबास, १ वैशाख । नयाँ वर्षकै दिन धुर्मुस–सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बिल्टु सदालाई बस्तीको साँचो हस्तान्तरण गरेका  हुन् ।  त्यस अघि -यालीमा  कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिव श्रेष्ठ, सरोज खनाललगायतका कलाकार सहभागी  भएका थिए ।

हस्तान्तरण कार्यक्रमअघि मुसहर बस्तीसम्म -यालीको आयोजना गरिएको थियो । -यालीमा सयौं मुसहर समुदाय प्लेकार्ड बोकेर सहभागी भएका थिए । ‘ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल’ लेखिएको तुल ब्यानर प्रदर्शन गरिएको थियो । -यालीमा महजोडी, शिव श्रेष्ठ, सीताराम कट्टेल, कुञ्जना घिमिरेलगायत प्रसन्न मुद्रामा देखिएका थिए ।

दौरासुरुवाल र टोपीमा देखिएका धुर्मुस ज्यादै खुसी देखिन्थे । बर्दिबास वरपरका गाउँका हजारौं स्थानीय सहभागी थिए । करिब पाँच करोड रुपैयाँको लागतमा धुर्मुस–सुन्तली फाउन्डेसनले ५४ वटा अत्याधुनिक भवनसहितको नमुना बस्ती निर्माण गरेको हो । उक्त वस्ती निर्माणका लागि ६ करोड  ३३ लाख ३९ हजार रुपैयाँ संकलन भएको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार खर्च भने ४ करोड ४ लाख भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *