सरकार र आयोग निर्वाचन गराउँदै, दलहरु भने सडक आन्दोलन गर्दै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ वैशाख । सरकार र निर्वाचन आयोग ३१ वैशाखमा स्थानीय तह निर्वाचनको तयारी गरिरहँदा राजनीतिक दलहरु भने सडक आन्दोलनमा लागेका छन् ।

सत्तारुढ दल र विपक्षी दलहरु नै सडक आन्दोलनमा उत्रिँदा आयोग भने निर्वाचनको तयारीलाई तिव्रता दिइरहेको छ । बहुदलीय व्यवस्था भएपनि दलहरु दलीय हैसियतमा निर्वाचनमा सहभागी हुन नपाउने भएपछि आन्दोलनमा उत्रिएका हुन् । साथै सत्तारुढ दल भने आफ्नो विधानमा कानुन विपरित आयोगले कैंची चलाएको भन्दै आन्दोलनमा उत्रने तयारी गरिरहेको छ । यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संविधानमा आफूहरुको माग अझै नसमेटिएको भन्दै निर्वाचन नै बहिस्कार गरेर आन्दोलनमा होमिएको छ । यस अवस्थमा हुने निर्वाचनको औचित्यमा कतिपयले प्रश्न समेत उब्जाएका छन् ।

निर्वाचन आयोगले आफ्नो विधानबाट ‘हिन्दुराष्ट्र र राजतन्त्र’ हटाएको भन्दै सत्तारुढ दल राप्रपाले शुक्रबार नै विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । यस्तै मोर्चा र संघीय गठबन्धले शनिबार आन्दोलनका कार्यक्रम तय गर्दैछ ।

मौजुदा व्यवस्थापिका संसद्मा नरहेका दलहरुलाई ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा दलीय हैसियत नदिने निर्वाचन आयोगको निर्णय विरुद्ध शनिबारबाट डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसहितका ६८ दलका शीर्षनेताहरु रिले अनशनमा बसेका छन् ।

काठमाडौंको शान्तिबाटिकामा सुरु भएको रिले अनशनको पहिलो दिन शनिबार ६८ दलका शीर्ष नेताहरु अनशनमा बसेका हुन् । स्थानीय तहको निर्वाचनमा आफूहरुलाई दलीय चुनाव चिन्ह उपलब्ध गराउनु पर्ने, संसदमा रहेका दलहरुलाई मात्रै दलीय चुनाव चिन्न प्रदान गर्ने कानुनी व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग राख्दै ६ दिने रिले अनशन सुरु गरिएको हो ।

रिले अनशन बस्दा समेत आफूहरुको माग पुरा प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयाँ बानेश्वरमा घेराउ गर्ने चेतावनी ती दलहरुश्रले दिएका छन् ।

यसैबीच, काठमाडौंको शान्तिबाटिकामा भएको नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईसहित ६८दलका नेताहरूको रिले अनशनप्रति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि ऐक्यबद्धता जनाएका छन् । रिले अनशनस्थल पुगेर ऐक्यबद्धता जनाएका यादव नेतृत्वको संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण हुने यसअघि नै बताइएको थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *