चुनावको मिति सार्न कांग्रेस नेतृत्वलाई जिल्ला सभापतिहरुको दबाब

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले ३१ वैशाखको स्थानीय तहको निर्वाचन पर सार्न नेतृत्वलाई दबाब दिएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार भएको प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुको भेलामा उनीहरुले स्थानीय तहको निर्वाचन १० दिन पछि सार्न नेतृत्वलाई दबाब दिएका हुन् ।

मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन आवश्यक परे निर्वाचन मिति पर सार्नुपर्ने धारणा राखेका जिल्ला सभापतिहरुले यथास्थितिमा तराई मधेसमा स्थानीय तहको निर्वाचनको वातावरण नभएको जानकारी गराएका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *