सयौँ मानिसहरुकाबीच पुलकित बनेका धुर्मुस र सुन्तली, जसको कर्मले करोडौँको छाती ढक्क फूल्यो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ वैशाख । महोत्तरीको बर्दिवासस्थित मुसहर बस्ती वैशाख १ गते शुक्रबार हस्तान्तरण गरियो । हास्य कलाकार दम्पति सीतराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले गएको पुसमा निर्माण थालेको सो बस्ती निर्माण सम्पन्न गरेर शुक्रबार मुसहरहरुलाई हस्तान्तरण गरिएको हो ।

बस्ती हस्तान्तरण अघि सो क्षेत्रमा प्ले कार्डसहितको र्‍याली निकालिएको थियो । स्थानीय चुनाव आइरहेका बेला निकालिएको सो र्‍यालीलाई कतिपयले चुनावी कार्यक्रम ठाने । तर, यो र्‍याली भने चुनावी कार्यक्रम थिएन । कसैका विरुद्ध पनि थिएन । थियो त सामाजिक सद्भाव र विकास निर्माणमा उत्प्रेरित गर्न । सामाजिक सद्भाव र एकताको माध्यम र विकास निर्माणबाट मुसहरहरुमा छाएको खुसी मुलुकभरका नागरिकमा पुर्‍याउन ।

नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी, उच्च प्रहरी अधिकृतहरु, मोहत्तरीसहित छिमेकी जिल्ला सिडीओहरु, दर्जनौं वरिष्ठ कलाकार, पत्रकार, स्थानीय अगुवालगायत व्यक्तिहरु सहभागी झाँकीसहित र्‍याली मुसहरबस्तीमा पुगेर बस्ती हस्तान्तरण कार्यक्रममा परीणत भयाे ।

त्यसपछि धुर्मुस–सुन्तली फाउन्डेसनको नामबाट निर्माण गरिएको ५४ वटा अत्याधुनिक भवनसहितको एकीकृत नमुना बस्ती हस्तान्तरण गरियो । साे क्रममा दौरासुरुवाल र टोपीमा देखिएका धुर्मुस ज्यादै खुसी देखिन्थे । त्यस्तै सुन्तली पनि । उनीहरु दुवै खुसीले पुलकित भएका थिए । उनीहरु मात्रै होइनन् सहभागी सबैजना धुर्मुस सुन्तलीको कर्म देखेर खुसी भएका थिए । बधाइ र धन्यवाद दिइरहेका थिए ।

भिडियो : दिनेश बोहरा/ मिडिया एनपी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *