संजय दत्तलाई पक्राउ गर्ने आदेश

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, केहि समय पहिले लामो जेलजीवन भोगेर आएका बलिउड नायक  संजय दत्तविरुद्ध फेरी अदालतले पक्राउ गर्ने आदेश दिएको छ । एक मुद्दामा अदालतमा हाजिर नभएको भन्दै संजयलाई अदालतले फेरि पक्राउ गर्ने आदेश दिएको हो।

निर्माता शकील नूरानीको धम्की दिएको आरोपमा चार वर्ष देखि चल्दै आएको मुद्दामा अदालतमा हाजिर नभएको भन्दै पक्राउ गर्न आदेश दिएको छ । सन् २००२ मा शकीत नूरानीले जान की बाजी नामक फिल्मको सुटिंगकै बिचमा छोडेका संजयलाई निर्माता नूरानीले फिल्म पुरा नभएको  कारण चल्न सके जसको कारण ५ करोड घाटा लागेको भन्दै मुद्दा दायर गरेका थिए ।

झन्डै ५० लाख मा फिल्म खेल्ने  लिखीत सम्झौता गरेका निर्माताले बारम्बार फिल्मको सुटिंगमा फर्कन अनुरोध गर्दापनि सुटिंगमा नफर्की उल्टै निर्मातालाई ज्यान मार्ने धम्कि दिएका थिए । कुनै बाटोबाट पनि फिल्मको सुटिंग पुरा गर्न नसकेपछि निर्माता नुरानिले कानुकी सहायता लिएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *