सेनामा काम गर्दै २९ वटा पोर्न भिडियोमा खेले यी सैनिकले

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । समाजले सैनिकलाई निकै सम्मान र आदर गर्छ । त्यसैले सबैको सम्मान र आदरलाई जोगाएर राख्नु सेनाको कर्तव्य पनि हो । तर सबै सेनामा भर्तिहुनेहरु आफ्नो सीमामा रहन पनि सक्दैनन् भन्ने उदाहरण एक अमेरिकी सेनाले देखाइदिएका छन् । उनी आफू त सच्चा सेना बन्न सकेनन् नै पुरै अमेरिकी नौसैनिकलाई नै बेइज्जत बनाइदिए ।

किनभने उनी दिनभर सेनाको काम गर्थे रात परेपछि रंगीन दुनियाँ बनाउन थाल्थे । हो उनी रातभर पोर्न भिडियोमा काम गर्थे । उनी सेनामा काम गरी गरी पोर्न स्टार बनिसकेका थिए । समाचारमा जनाइएअनुसार ४२ वर्षिय अमेरिकी नौसेना जोसेफ स्मिटले विभिन्न २९ वटा पोर्न भिडियो बनाइसकेका छन् । कतिपय भिडियोमा उनका श्रीमति जेविल जेड पनि देखिएकी छिन् । उनले यति गोप्य तरिकाले पोर्न भिडियोमा काम गरे सेनामा जागीर खाएको २३ वर्षसम्म कसैले पत्ता पाउन सकेनन् की उनी पोर्न भिडियोमा पनि काम गर्छन् भनेर ।

सेनाले पोर्न भिडियो बनाएको समाचार आएपछि स्मिटले खण्डन गरेपनि उनकी पत्निले भने स्मिटका कतिपय साथीहरु नै बेसक्याम्पमा पोर्न भिडियो हेर्ने गरेको स्वीकार गरेकी छिन् । उनले भनेकी छिन् –“सबै सैनिकलाई पोर्न भिडियोबारे थाहा थियो, स्मिटले बोलाएर काम गर्न र बाहिर नाम नल्याउन भनेको थियो । म इमान्दारीका साथ भन्छु सबैलाई यो बारे थाहा थियो ।”

उनीहरुले सन् २००१ बाट पोर्न भिडियो बनाउन सुरु गरेका थिए । २००३ मा जेड आमा बन्ने भएपछि उनीहरुले यो काम छाडेका थिए । सन् २००५ मा रियल स्टेटको धन्दा सुरु गरेपनि नफापेपछि पुन पोर्न जगतमा छिरेका थिए ।

जेडले भनेकी छिन् की उनीहरु पोर्न भिडियो बनाएर सन्तुष्ट छन् । पैसाको अभाव मेटिएको छ । पुरानो ऋण तिरिएको छ । बच्चा राम्ररी पढिरहेको छ । परिवार चलाउन एकदमै मद्धत भईरहेको छ । यता सान डिएगो युनियन–ट्रिव्युनका रिपोर्टका अनुसार नेशनल स्पेशल वारफेयर कमाण्डले उनले नौसेनामा बाहिर पनि काम गर्ने अनुमति लिए वा नलिएको बारे अनुसन्धान गरिरहेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *