राष्ट्रपतिको सवारीको हर्न बजाएर विरोध (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ वैशाख । यही वैशाख १ गतेबाट काठमाडौं उपत्यकामा सवारीको हर्न बजाउन निषेध गरिएको छ । तर, यसको चौथो दिन वैशाख ४ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको भने सवारी चालकहरुले हर्न बजाएर विरोध गरेका छन् । ५ दिने भारत भ्रमणमा प्रस्थान गरेकी राष्ट्रपति भण्डारीको सवारीमा सडक खाली गराउँदा सर्वसाधारण नागरिकलाई सास्ती भएपछि सवारी चलाकहरुले हर्न बजाएर विरोध जनाएका हुन् ।

राष्ट्रपतिको सवारी हुनु आधा घण्टाभन्दा अगाडिदेखि नै उनको सवारी चलाउने रुट शीतल निवास, लाजिम्पाट, लैनचौर रत्नपार्क, भद्रकाली, सिंहदरबार, बबरहमल, बानेश्वर, तीनकुनेदेखि विमानस्थलसम्मको सडक खाली गराउँदा यस रुट भएर चल्ने सबै सवारी साधानहरु रोकिएका थिए । मुख्य सडकमा सवारी चलाउन रोक लगाएपछि शाखा बाटोहरुपनि प्रभावित भएका थिए ।

सार्वजनिक विदा दिइएपनि लामो जाम रहने कोटेश्वरमा राष्ट्रपतिको सवारीका कारण सोमबार पनि जाम रहेको थियो । भक्तपुरबाट आउने सार्वजनिक यातायातका साधान र ठूला गाडीहरुलाई बालकुमारी तर्फ डाइभर्ट गरिएको थियो भने बाइक तथा हल्का सवारी साधनहरुलाई तीनकुनेतर्फ जान दिइएको थियो । तर, फेरि तीनकुनेमा सबै सवारी साधनहरुलाई रोकियो ।

तीनकुनेबाट बानेश्वरतर्फ आउने सवारी चलाकहरुले आफूहरुलाई अगाडि जान दिन ट्राफिक प्रहरीलाई आग्रह गरे । तर, १० मिनेट कुर्न ट्राफिकले भने । त्यसपछि बाइकका केही चालक ट्राफिक प्रहरी छेउ पुगेर ‘हामीहरुलाई की अगाडि जान दिनुस् या फेरि कोटेश्वरतर्फ मोड्न दिनुस्’ भने । चालकहरुको सो आग्रहलाई ट्राफिक प्रहरीले टेरेनन् । त्यसपछि रोकिएका सवारी चालकहरुले सरकारले निषेध गरेको हर्न बजाउने नियम तोडे । चर्काे रुपमा उनीहरुले हर्न बजाए । ट्राफिक हच्चिकए । त्यसपछि ट्राफिक प्रहरीलाई प्रवाह नगरी सोमबार बिहान १० बजेर ५ मिनेटमा बाइक तथा हल्का सवारी साधनहरु बानेश्वरतर्फ हुइँकिए ।

बानेश्वर हुँदै बिजुलीबजार पुलमा पुगेकी ती सवारी साधन फेरि रोकिए । ट्राफिक प्रहरीले अगाडि बढ्न दिएन । समयमै गन्तव्यमा पुग्न नपाएका ती सवारी साधनका चालकहरुले बेला–बेलामा हर्न बजाएर विरोध जनाइरहे । जब १० बजेर २५ मिनेटमा राष्ट्रपति भण्डारी सवार गाडी बिजुलीबजार आइपुग्यो तब अधिकांश सवारी चालकहरुले हर्न बजाएर राष्ट्रपति भण्डारीको सवारीको शैलीको विरोध गरे ।

यता नियम तोड्दै सवारी चालकहरु हर्न बजाइरहेका थिए भने उता राष्ट्रपतिको सवारीमा साइरन बजाइएको थिएन् । रातो बत्ति बालिएका ट्राफिक प्रहरीहरुका बाइक र प्रहरी भ्यानले साइरन नबजाइ राष्ट्रपति भण्डारीको सवारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *