सन् २०७५ सम्म एपल,गुगल र फेसबुक चल्ने , मानिसहरु शहर भन्दा मरुभूमिमा बस्न रुचाउने

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, संसारका तीन ठुला टेक्नोलोजीका कम्पनि एपल,गुगल र फेसबुक सन् २०७५ सम्म चल्ने गुगलका फाउन्डर स्टीव वाजनिएकले बताएका छन् । यी तिनै कम्पनि संसारकै उत्कृष्ट कम्पनि बन्न सफल भइरहेका बेला मानिसको मनमा एक खाले  प्रश्न उठ्ने गरेको छ – एपल,गुगल र फेसबुकले कहिले सम्म आफुलाई उत्कृष्ट कम्पनिको र्‍याङ्कमा राख्न सफल हुन्छन ?

युस टुडे (USA Today) लाइ दिएको एक अन्तरबार्तामा स्टीव वाजनिएकले भनेका छन् अमेरिकन कम्पनी आइबीयम  (IBM) जस्तै एपल पनि लामो समय चल्ने कम्पनी हो । सन् १९ ७६ मा स्टीव जब्स र  स्टीव वजनिएकले सुरु गरेको एपल आज पनि संसारमै नम्बर  एक कम्पनि हो । एपलले आफुलाई समयसँगै परिवर्तन गर्दै लग्ने छ र सन् २०७५ सम्म पनि यो कम्पनी रहने छ स्टीव वाजनिएकले भने । उनका अनुसार एपल मात्र नभई गुगल र फेसबुक पनि सन् २०७५ सम्म चल्ने छन ।

अमेरिकामा हरेक वर्ष तिनदिन सम्म  सिलिकन भ्याली कमिक कन कन्फरेन्स हुने गर्दछ । यस वर्ष को उक्त मेलाको थिम The Future of Humanity: Where will we be in 2075? रहेको थियो । यस मेलामा पप कल्चर र टेक्नोलोजीको एक्स्प्लोर गरिन्छ । यस मेलालाइ संसारकै ठुलो टेक्नोलोजीको मेलाको रुपमा लिने गरिन्छ ।

स्टीव वाजनिएकले आर्टिफिशियल इन्टेलिजेन्सको भविष्यको बारेमा भने -” हरेक शहरमा  आर्टिफिशियल इन्टेलिजेन्स उपलब्ध हुने छ ।इन्टरटेन्मेट र कम्यूनिकेशनका लागि अहिलेको भन्दा फरक प्रबिधि आउने छ ।”  आर्टिफिशियल इन्टेलिजेन्स द्वारा मेडिकल डिभाइसले आफै जाँचेर औषधि दिने छ , बिना डाक्टर बिरामीले औषधि पाउने छन् उनले भने  ।

स्टीव वाजनिएकले भने,” मानिसहरु शहर भन्दा मरुभूमिमा बस्न रुचाउने छन्  ।  मानिसहरु सँग बिषेस प्रकारको  वियरेबल हुनेछ जसको मध्यमबाट कहिँ पनि आउन जान सक्ने छन्  ।”

 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *