१० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री शर्माको योजना (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले १० वर्षभित्र २० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना रहेको जानकारी दिएका छन् । ऊर्जा मन्त्रालयले सोमबार काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले अबको १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिएका हुन् ।

यसअघिका सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने बताउँदा आलोचना खेपेका बेला मन्त्री शर्माको उक्त महत्वकांक्षी योजना सार्वजनिक भएको हो । सरकारले ५ वर्षभित्रै देशका हरेक परिवारलाई जलविद्युत् कम्पनीको १ लाख रुपैयाँ बराबरको सेयर दिने योजना रहेको जानकारी दिएका मन्त्री शर्माले उक्त शेयर नगद वा श्रमदानबाट प्राप्त गर्न सकिने बताए ।

सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले घिसिङले हाल मर्मत भइरहेको जोगिमारास्थित प्रसारणलाइनको टावर समयमै मर्मत हुन नसकेमा केही समय लोडसेडिङ हुने बताएका छन् ।

प्राधिकरणले हाल १२ प्रतिशतले विद्युत आपुर्ती बढेको भएपनि लागतमा भने वृद्धि नभएको भन्दै उनले लोडसेडिङ हुन सक्ने बताएका हुन् । ७ वर्षमा सरकारले बनाउने ८ हजार मेगावाट विद्युत् स्टोरेज प्रविधिमा आधारित रहेको जानकारी दिएका घिसिङले विद्युतको सहज आपुर्तीको लागि पूर्व पश्चिम राजमार्गमा विद्युत् कोरिडर आवश्यक रहेको धारणा राखे ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *