लिग नहुँदा चर्चित फुटबलर कर्ण लिम्बू रोजगारीका लागि विदेश जाने मनस्थितिमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख । कर्ण लिम्बू चर्चित नेपाली फुटबल खेलाडी हुन् । नेपाली घरेलुु फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लिम्बू हाल झापा ११ बाट फुटबल खेल्ने गर्दछन् । तर, अहिले उनको आर्थिक अवस्था निकै नाजुक छ । आर्थिक अवस्थाकै कारण उनी फुटबल खेल्न छाडेर वैदेशिक रोजगारीका लागि साथीभाइसँग सहयोग मागेका छन् । हालै उनले सो कुराको खुलासा गरेका हुन् ।

श्रीमती र दुई सन्तान पाल्नका लागि कर्णले विदेशमा हुने साथीभाइको मद्दत मागेका छन् । तीन पटक राष्ट्रिय फुटबल टिमबाट खेल खेलिसकेका कर्ण लिम्बूमा आफ्नो पेसाप्रति नैराश्यता आउनु पक्कै पनि राम्रो होइन । तर, विगत लामो समयदेखि नेपालमा फुटबल प्रतियोगित नभएकाले खेलाडीहरू निराश बनेका छन् ।

जुन कुरा कर्ण लिम्बूले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘लिग पनि हुन्न, पसल पनि कछुवा को तालमा । साह्रै गाह्रो प¥यो हौ । विदेशमा हुने साथीभाइहरूले यसो मद्दत गर्नुप¥यो एउटा रोजगारीको भिसाका लागि । कतै मेरो पनि भविष्य बन्ला कि ? लौ न ।’

लिम्बू हाल चन्द्रगढी झापामा बसोबास गर्ने गर्दछन् । श्रीमती बलकुमारी र दुईवटा छोरीका साथ व्यावसायिक फुटबल र पसल सञ्चालन गर्दै आएका छन् । झापामा उनको खेलकुदका सामानसम्बन्धी पसल छ । उनी मैदानमा स्ट्राइकरका रूपमा उत्रने गर्दछन् । हालसम्म नेपाली राष्ट्रिय टिमबाट तीनवटा खेल खेलेका उनी आफ्नो पोजिसनमा उत्कृष्ट खेलाडीहरू भएकाले आफू नियमित राष्ट्रिय टिममा पर्न नसकेको बताउँछन् । उनमा एकपटक नेपालको जर्सी लगाएर साफ च्याम्पियनसिप खेल्ने ठूलो धोको छ ।

मच्छिन्द्र क्लबबाट फुटबल खेल्दा चर्चाको र सफलताको चुचुरोमा पुगेका लिम्बूले २०१३–१४ सहिद स्मारक राष्ट्रिय लिगमा उत्कृष्ट स्ट्राइकरको पुरस्कारसमेत प्राप्त गरेका थिए । जुन खेलमा उनले कुल ११ गोल गरेका थिए । पछि मछिन्द्र क्लबलाई एन्फाको प्रतिबन्ध लागेपछि उनी आफ्नो घरेलुु फुटबल टिम झापा ११ बाट फुटबल खेल्न थालेका हुन् । २०७१–७३ को सिजनमा झापा ११ ले पाँचभन्दा बढी प्रतियोगितामा उपाधि जित्दा लिम्बूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कर्ण लिम्बू नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल यमन विरूद्व अतिरिक्त खेलाडीका रूपमा ७५ मिनेटमा अनिल गुरूङको ठाउँमा खेलेका थिए । मार्च २०१४ मा भएको उक्त खेलमा नेपाल २–० गोल अन्तरले हार्न पुगेको थियो ।

उनले अप्रिल २०१४ मा भएको फिलिपिन्सविरूद्व खेलेका थिए । २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरणका निम्ति उनले नेपालका नियमित कप्तान अनिल गुरूङ ठाउँमा स्थान बनाएका थिए । यस्तै, उनलाई २०१५ साफ च्याम्पियनसिपको टिम छनोटमा तत्कालीन नेपालका प्रशिक्षक प्याट्रिक ओमणसेले बोलाएका थिए, तर उनी उत्कृष्ट २० खेलाडीभित्र पर्न सकेनन् । जसले गर्दा उनमा निराशा बढी देखिएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *