एक हजार करोडमा महाभारतको कथामा फिल्म बन्दै, सलमान आमिरलाई पछारे यी सुपरस्टारले

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख । धार्मिक ग्रन्थ महाभारतमाथि भारतका चर्चित हस्तीहरु चलचित्र बनाउन चाहान्छन् । बलिउडका सलमान खान, आमिर खानदेखि निर्देशक एम एस राजामौलीसम्मले महाभारतको कथामा चलचित्र बनाउने इच्छा देखाए ।

तर, सबैलाई उछिनेर एक दक्षिण भारतीय सुपर स्टार मोहन लालले चलचित्र बनाउने पक्कापक्की भएको छ, त्यो पनि हालसम्मकै महंगो बजेटमा ।

महाभारतको कथामा बन्ने चलचित्र “द महाभारत”को लागि युएईका एक व्यापारीले १ हजार करोड भारतीय रुपैँया लगानी गर्दैछन् । यो बलिउडको मात्र हैन एसियाकै सर्वाधिक महंगो बजेट हो ।

यस चलचित्रलाई प्रसिद्ध विज्ञापन निर्माता वीए श्रीकुमार मेननले निर्देशन गर्दैछन् । अंग्रेजी, हिन्दी, मलाया, कन्नड, तामिल, तेलगु तथा प्रमुख विदेशी भाषा राखिने यो चलचित्रलाई भीमको एंगलबाट बनाईने जनाइएको छ ।

यो चलचित्रको सुटिङ्ग २०१८ को सेप्टेम्वरबाट सुरु हुनेछ । २०२० मा प्रदर्शनमा आउने यो चलचित्रको दोस्रो भागको सुटिङ्ग प्रदर्शनको ९० दिन पछि सुरु गरिने चलचित्र निर्माण कम्पनीले जनाएको छ । चलचित्रमा बलिउडका साथै हलिउडका पनि चर्चित कलाकारहरु देखिने छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *