चीनमा “दंगल”को प्रचार गर्दै आमिर

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख । चीन र भारतबीच कटुतापूर्ण सम्बन्ध रहेपनि बलिउड सुपरस्टार आमिर खानको चलचित्रले भने चीनमा भरमार व्यापार गर्ने गर्छ । अघिल्लो चलचित्र “थ्री ईडियट्स” र “पीके”ले एकदमै राम्रो व्यापार गरेपछि अर्को चलचित्र “दंगल”को लागि पनि आमिर चीनमा प्रचारप्रसार गरिरहेका छन् ।

“थ्री ईडियट्स”लाई चीनका छात्राहरुले अत्याधिक मन पराएका थिए भने पीकेले पनि १.६७ करोड डलर कमाएको थियो । अघिल्लो चलचित्रको व्यापार राम्ररी फापेका आमिर दंगलबाट पनि चीनमा आफ्नो व्यापार बढाउन जोडतोडका साथ लागेका छन् ।

आमिरको दंगल कति सफल हुने हो त्यो त हेर्न बाँकी नै छ । तर, उनले मिडियालाई भनेका छन् की राजकुमार हिरानीको साथमा बनेको चलचित्रले चीनमा राम्रो व्यापार त गर्छ नै यसले दुई देशका नागरिकबीच निकटता पनि राख्छ । नीतीस तिवारीले निर्देशन गरेको दंगल चीनमा आउँदो महिना रिलिज हुँदैछ ।

यता अर्को छिमेकी देश पाकिस्तानले भने सो चलचित्र प्रदर्शनमा रोक लगाएको छ । पाकिस्तानले चलचित्रबाट भारतको राष्ट्रिय गान हटाउन भनेपछि आमिर नमान्दा पाकिस्तानमा चलचित्र प्रदर्शन नभएको हो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *