नेपाली कलाकारहरुको जापानमा ‘साकुरा नाइट–२’ हुने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख ।नेपाली कलाकारहरुले जापानमा साकुरा नाइट–२ गर्ने भएका छन् । जापानको गोल्डेन वीकको अवसरमा नेपाली कलाकाहरुले साकुरा नाइट–२ गर्न लागे हुन् ।

जापानमा साकुरा फुल्ने सिजन मे ३ देखि ७ सम्मलाई गोल्डेन वीक मनाउने गरिन्छ । सोही अवसरमा नेपाली कलाकाहरुले साकुरा नाइट–२ गर्न लागेका हुन् ।

आयोजक संस्था गृष्मा इन्टरटेनमेन्टका अनुसार सो नाइटमा गायक प्रमोद खरेल र नलिना चित्रकारले दर्शकलाई भरपुर मनोरञ्जना दिने अपेक्षा गरिएको छ ।  जापानको टोक्यो, ओशाका, नागोया र फुकुओमामा कार्यक्रम हुने भएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *