राप्रपाको कार्यकर्ताले ‘राजतन्त्र –मुर्दावाद’को नारा लगाए (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख । सत्तारुढ दल राप्रपाले निर्वाचन आयोगको मुख्यालयसहित मुलुकभरका स्थानीय तहमा प्रदर्शन गरेको छ । पार्टीको विधानबाट ‘हिन्दु राष्ट्र र राजतन्त्र’ निर्वाचन आयोगले हटाउने निर्णय विरुद्ध मंगलबार राप्रपाले आयोगको कार्यालयसहित मुलुकभरका ७४४ वटै स्थानीय तहमा प्रदर्शन गरेको हो ।

हिन्दु राष्ट्र र राजतन्त्र हटाउने आयोगको निर्णयको प्रतिलिपी जलाउँदै काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालय अगाडि भएको प्रदर्शनमा ‘राजतन्त्र–मुर्दावाद’ को नारा लगाइएको छ ।

आक्रोशित राप्रपाका एक  कार्यकर्ताले ‘राजतन्त्र –मुर्दावाद’ नारा भट्टयाउने वित्तिकै अरुले पनि सोही नारा लगाए । तर, आफूले गलत नारा लगाएको थाहा पाएलगत्तै ती भट्टयाइरहेका व्यक्तिले ‘राजतन्त्र– जिन्दावाद’को नारा लगाएर सच्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *