रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, ६ वैशाख । रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । साबिक विजेता म्याड्रिड लगातार सातौं सिजनको सेमिफाइनलमा प्रवेश गरेको हो ।

क्वाटरफाइनलमा जर्मन क्लब बार्यन म्युनिखलाई समग्रमा ६–३ ले हराएर स्पेनिस क्लब रियल म्याड्रिडले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो होम एन्ड अवे खेलमा रियलले बायर्नलाई २–१ ले पराजित गरेको थियो ।

दोस्रो होम एन्ड अवेमा बायर्नले निर्धारित ९० मिनेटमा रियललाई २–१ ले पछि पारेपछि समग्र आधारमा खेल अतिरिक्त समयामा धकेलिएको थियो । रियल म्याड्रिडको यो यात्रामा क्रिस्टियानो रोनाल्डो नायक बने । खेलमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बार्यनले अग्रता लियो । त्यसपछि रोनाल्डोले रियलका लागि बराबरी गोल फर्काए । तर रियलका सर्जियो रामोसले आत्मघाती गोल गरेपछि खेल अतिरिक्त समयमा धेकेलियो ।

त्यसअघि ८४ औं मिनेटमा बार्यनका अटुरो भिडाल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । भिडाललाई दोस्रो पटक पहेँलो कार्ड दिने रेफ्री भिक्टर कास्साइ र उनका अफिसियलको निर्णय विवादित बन्यो । भिडालले रियलका एसेन्सियोसँगको ट्याकलका कारण दोस्रो पहेँलो कार्ड पाएका हुन् । यस्तै, अरिक्त समयमा रोनाल्डोले रियलका लागि गरेको दोस्रो गोल पनि विवादित बन्यो । रोनाल्डोले १०४ औं मिनेटमा सर्जियो रामोसको पासमा गोल गरेका थिए

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *